News Portal

गायक प्रताप लामाले सञ्चालनमा ल्याए टोटला रेष्ट्रो एण्ड बार (भिडियोसहित)

हिमाली संचार संवाददाता
५२५ पटक

उर्लाबारी – नेपाली तारा सिजन ३ का विजेता तथा गायक प्रताप लामाले टोटला रेष्ट्रो एण्ड बार सञ्चालनमा ल्याएका छन् ।
मोरङको उर्लाबारीमा गायक लामा र उर्लाबारीका नितम चौहानले सो बार सञ्चालनमा ल्याएका हुन् । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर करिब १ करोड ३० लाख रुपैयाँको लागतमा सो बार सञ्चालन गरिएको सञ्चालकसमेत चौहानको भनाई छ । सेवाग्राहीहरु सांगितिक माहोल रम्न पाउने उनले बताए ।
प्रत्येक महिना चर्चित कलाकार र दैनिक स्थानीय तथा परिचित कलाकारहरुले प्रस्तुति दिने गायक लामाले बताए । गायनसँगै ब्यवसायमा पनि हात हालेको र सबैको साथ र सहयोग पाउनेमा आशाबादी रहेको उनले बताए । भबिष्यलाई सोचेर ब्यवसाय क्षेत्रमा लागेको बताउँदै गायक लामाले भने–‘गायन क्षेत्रमा म हिजोको जस्तै सक्रिय रहने छु ।’ बारको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरे । उनले सांगितिक क्षेत्रमा रम्न चाहनेका लागि टोटला रेष्ट्रो महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, होटल ब्यवसायी संघका क्षेत्रीय अध्यक्ष मनोहरी दाहाललगायतले बोलेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...