आज : २०२६-०६-१०, बुधबार

चाबहिलको धोविखोलामा शिशुको शव भेटियो

काठमाडौं – चाबहिलको धोविखोला किनारमा नवजात शिशुको शव भेटिएको छ । आन्दाजी ६/७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शिशुको शव कपडाले बेरेको अवस्थामा भेटिएको छ।

‘कानूनी प्रक्रिया पूरा गरेर अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ’, स्थानीय व्यक्तिले भने। शिशु कसको हो भन्ने विषयमा अनुसन्धान जारी छ ।’