News Portal

हिउँमा हराइरहेका ४ कोरियन पदयात्री र ३ नेपाली गाइडहरु अझै भेटिएन

हिमाली संचार संवाददाता
४८६ पटक

अन्नपूर्ण आधारशिविरको पदमार्गमा हराइरहेका ४ जना कोरियन पदयात्री र ३ जना नेपाली गाइडहरुको खोजीमा नेपाली सेनाले सक्रियता देखाएको छ।

माघ ७ गतेदेखि नेपाली सेनाको सेकेण्ड रेञ्जर गणका गणपतिसहितको टोली पर्यटक र गाइडको खोजीमा अन्नपूर्ण आधार शिविरमा सक्रिय रहेका छन।

स्थानीय तथा अन्य पर्यटकको सूचनाको आधारमा आधार शिविरको हिउँ पहिरोमा सेनाले ५ मिटर तलसम्म खनेर उनीहरुको खोजी गरिरहेको छ।

माघ ७ र ८ गते नेपाली सेनाको टोलीले हिउँमा खनेर उनीहरुको उद्धारका लागि पहल गरेको हो। यद्यपि यतिबेलासम्म कुनै उपलब्धि प्राप्त गर्न नसकिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।
माघ ७ र ८ गते साँझ ५ बजेसम्म खोजी गरिएपनि हराइरहेका पदयात्री प्राप्त गर्न नसकिएको सेनाले जनाएको छ।

माघ ९ गते पनि बिहानैदेखि हिउँ खन्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाको साथमा नेपाली गाइडका आफन्त पनि अन्नपूर्ण आधार शिविर क्षेत्रमा खोजीमा सक्रिय रहेका छन।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...