News Portal

खुल्यो कालीमाटी तरकारी बजार, आपूर्ति भने घट्यो

हिमाली संचार संवाददाता
६६९ पटक

६ भदौ, काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार आज बुधबारदेखि खुलेको छ । तर, बजारमा पहिले जस्तो तरकारीको उपलब्धता भने छैन ।

तरकारी तथा फलफूलको आपूर्तिमा नियमितभन्दा केही कमी देखिएको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताए । उनका अनुसार देशका विभिन्न क्षेत्रबाट कालीमाटी बजारमा दैनिक साढे ५ सय टनसम्म तरकारी तथा फलफूल भित्रिने गरेको थियो । आज भने करिब ४ सय टन मात्र आएको छ ।

सरकारी अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले मंगलबार अबेर मात्र आन्दोलन फिर्ता लिएपछि तरकारी आपूर्तिमा कमी आएको उनको दाबी छ । ‘जहाँबाट तरकारी आउने हो, त्यहाँ ढिलो गरी सूचना पुग्दा कम तरकारी आपूर्ति भएको छ’, उनले भने ।

सोमबारको अनुगमनपछि व्यवसायीले कालीमाटी बजारमा तरकारीको बिक्री–वितरण ठप्प पारेका थिए । जसका कारण राजधानीका उपभोक्ता समेत मारमा परेका थिए ।

अनुगमनपछि मूल्य घट–बढ

सोमबारको अनुगमनपछि केही तरकारीको मूल्य भने घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भिण्डीको खुद्रा मुल्य मंगलबारभन्दा आज ६ रुपैयाँ घटेको छ ।

बुधबार भिण्डी प्रति केजी ५८ रुपैयाँ रहेकोमा बुधबार ५२ रुपैयाँमा झरेको छ । त्यस्तै च्याउको मूल्य १० रुपैयाँ घटेर १२५ रुपैयाँ प्रति केजी कायम भएको छ । कागतीको मूल्य १६५ बाट १५५, अनार १३५ बाट १२५ रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको छ ।

कालीमाटी बजारमा ठूलो गोलभेडा, बन्दा, स्कसलगायतका केही तरकारीको मूल्य भने बढेको छ । ठूलो गोलभेडा बुधबार ५२ रुपैयाँ रहेकोमा आज ६ रुपैयाँ बढेर ५८ रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको छ ।

त्यस्तै बन्दा ५२ बाट ६८, स्कुस ३८ बाट ४८, हरियो खुर्सानी ५८ बाट ७२, भेडे खुर्सानी १०५ रुपैयाँ प्रति केजीमा किनबेच भइरहेको समितिले जनाएको छ । धनियाँको भाउ भने प्रति केजी १ सय रुपैयाँभन्दा बढी वृद्धि भएको छ । मंगलबार धनियाँ प्रति केजी ४४५ रुपैयाँ रहेकोमा आज बढेर ५९५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...