News Portal

खुल्यो कालीमाटी तरकारी बजार, आपूर्ति भने घट्यो

हिमाली संचार संवाददाता
६१८ पटक

६ भदौ, काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार आज बुधबारदेखि खुलेको छ । तर, बजारमा पहिले जस्तो तरकारीको उपलब्धता भने छैन ।

तरकारी तथा फलफूलको आपूर्तिमा नियमितभन्दा केही कमी देखिएको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताए । उनका अनुसार देशका विभिन्न क्षेत्रबाट कालीमाटी बजारमा दैनिक साढे ५ सय टनसम्म तरकारी तथा फलफूल भित्रिने गरेको थियो । आज भने करिब ४ सय टन मात्र आएको छ ।

सरकारी अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले मंगलबार अबेर मात्र आन्दोलन फिर्ता लिएपछि तरकारी आपूर्तिमा कमी आएको उनको दाबी छ । ‘जहाँबाट तरकारी आउने हो, त्यहाँ ढिलो गरी सूचना पुग्दा कम तरकारी आपूर्ति भएको छ’, उनले भने ।

सोमबारको अनुगमनपछि व्यवसायीले कालीमाटी बजारमा तरकारीको बिक्री–वितरण ठप्प पारेका थिए । जसका कारण राजधानीका उपभोक्ता समेत मारमा परेका थिए ।

अनुगमनपछि मूल्य घट–बढ

सोमबारको अनुगमनपछि केही तरकारीको मूल्य भने घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भिण्डीको खुद्रा मुल्य मंगलबारभन्दा आज ६ रुपैयाँ घटेको छ ।

बुधबार भिण्डी प्रति केजी ५८ रुपैयाँ रहेकोमा बुधबार ५२ रुपैयाँमा झरेको छ । त्यस्तै च्याउको मूल्य १० रुपैयाँ घटेर १२५ रुपैयाँ प्रति केजी कायम भएको छ । कागतीको मूल्य १६५ बाट १५५, अनार १३५ बाट १२५ रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको छ ।

कालीमाटी बजारमा ठूलो गोलभेडा, बन्दा, स्कसलगायतका केही तरकारीको मूल्य भने बढेको छ । ठूलो गोलभेडा बुधबार ५२ रुपैयाँ रहेकोमा आज ६ रुपैयाँ बढेर ५८ रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको छ ।

त्यस्तै बन्दा ५२ बाट ६८, स्कुस ३८ बाट ४८, हरियो खुर्सानी ५८ बाट ७२, भेडे खुर्सानी १०५ रुपैयाँ प्रति केजीमा किनबेच भइरहेको समितिले जनाएको छ । धनियाँको भाउ भने प्रति केजी १ सय रुपैयाँभन्दा बढी वृद्धि भएको छ । मंगलबार धनियाँ प्रति केजी ४४५ रुपैयाँ रहेकोमा आज बढेर ५९५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...