News Portal

सुर्खेतका स्थानीय तहले अझै बुझाएनन् खर्च विवरण

हिमाली संचार संवाददाता
६०८ पटक

६ भदौ, सुर्खेत – जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् ।  असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि साउन मसान्त बितिसक्दा पनि बुझाएका छैनन् । कुन स्थानीय तहमा कति खर्च भयो र कति रकम फ्रिज भयो थाहा हुन नसकेको कार्यालयका सूचना अधिकारी कोष नियन्त्रक लोकप्रसाद पौडेलले जानकारी दिए ।

जिल्लाका नौ स्थानीय तह छन् । ‘रकम निकाशा सबै भयो, तर खर्च भयो भएन थाहा भएन,’ उनले भने । नौ स्थानीय तहमा सात अर्ब ७८ करोड २८ लाख ४९ हजार निकाशा गरिएको थियो । वीरेन्द्रनगर नगरपालिकालाई ६९ करोड ७० लाख ८० हजार, गुर्भाकोटलाई ४७ करोड १२ लाख ७९ हजार, भेरीगङ्गालाई ३९ करोड ८२ लाख ३२ हजार, पञ्चपुरीलाई ३८ करोड १८ लाख ३७ हजार तथा लेखबेँशी नगरपालिकालाई ३४ करोड १३ लाख १८ हजार निकाशा गरिएको थियो ।

कोष नियन्त्रक पौडेलका अनुसार सिम्ता गाँउपालिकालाई ३४ करोड ५६ लाख ४७ हजार, बराहताललाई ३४ करोड ९६ लाख १८ हजार, चौकुनेलाई ३१ करोड ८२ लाख ८९ हजार तथा चिङगाड गाउँपालिकालाई २३ करोड ८५ लाख २८ हजार निकाशा गरिएको थियो । ढिलो अख्तियारीका कारण ठूलो मात्रामा बजेट फ्रिज हुने गरेको छ ।

एक अर्ब २३ करोड फ्रिज 

गत आवमा जिल्लामा एक अर्ब २३ करोड फ्रिज भएको थियो । जिल्लास्थित विभिन्न सरकारी कार्यालयद्वारा सञ्चालित विभिन्न काम पूरा हुन नसकेर सो रकम फिर्ता गएको हो । चालुतर्फ नौ अर्ब ७७ करोड चार लाखमध्ये रु नौ अर्ब ७७ करोड चार लाख मात्र खर्च भएको छ ।

चालुतर्फको ४६ करोड ९९ लाख ४८ हजार बजेट फिर्ता भएको छ । पूँजीगततर्फ नौ अर्ब ६३ करोड ३८ लाखमध्ये आठ अर्ब ८७ करोड ३४ लाख ९५ हजार मात्र खर्च भएको छ । पूँजीगततर्फ ७६ करोड तीन लाख फिर्ता भएको छ । चालु वर्षमा एक अर्ब आठ करोड राजश्व आम्दानी भएको छ । आव २०७४/७५ मा कर तथा गैरकर गरेर रु एक अर्ब आठ करोड राजश्व सङ्कलन भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ५० प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि भएको छ । (रासस)

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...