News Portal

सुर्खेतका स्थानीय तहले अझै बुझाएनन् खर्च विवरण

हिमाली संचार संवाददाता
७२३ पटक

६ भदौ, सुर्खेत – जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् ।  असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि साउन मसान्त बितिसक्दा पनि बुझाएका छैनन् । कुन स्थानीय तहमा कति खर्च भयो र कति रकम फ्रिज भयो थाहा हुन नसकेको कार्यालयका सूचना अधिकारी कोष नियन्त्रक लोकप्रसाद पौडेलले जानकारी दिए ।

जिल्लाका नौ स्थानीय तह छन् । ‘रकम निकाशा सबै भयो, तर खर्च भयो भएन थाहा भएन,’ उनले भने । नौ स्थानीय तहमा सात अर्ब ७८ करोड २८ लाख ४९ हजार निकाशा गरिएको थियो । वीरेन्द्रनगर नगरपालिकालाई ६९ करोड ७० लाख ८० हजार, गुर्भाकोटलाई ४७ करोड १२ लाख ७९ हजार, भेरीगङ्गालाई ३९ करोड ८२ लाख ३२ हजार, पञ्चपुरीलाई ३८ करोड १८ लाख ३७ हजार तथा लेखबेँशी नगरपालिकालाई ३४ करोड १३ लाख १८ हजार निकाशा गरिएको थियो ।

कोष नियन्त्रक पौडेलका अनुसार सिम्ता गाँउपालिकालाई ३४ करोड ५६ लाख ४७ हजार, बराहताललाई ३४ करोड ९६ लाख १८ हजार, चौकुनेलाई ३१ करोड ८२ लाख ८९ हजार तथा चिङगाड गाउँपालिकालाई २३ करोड ८५ लाख २८ हजार निकाशा गरिएको थियो । ढिलो अख्तियारीका कारण ठूलो मात्रामा बजेट फ्रिज हुने गरेको छ ।

एक अर्ब २३ करोड फ्रिज 

गत आवमा जिल्लामा एक अर्ब २३ करोड फ्रिज भएको थियो । जिल्लास्थित विभिन्न सरकारी कार्यालयद्वारा सञ्चालित विभिन्न काम पूरा हुन नसकेर सो रकम फिर्ता गएको हो । चालुतर्फ नौ अर्ब ७७ करोड चार लाखमध्ये रु नौ अर्ब ७७ करोड चार लाख मात्र खर्च भएको छ ।

चालुतर्फको ४६ करोड ९९ लाख ४८ हजार बजेट फिर्ता भएको छ । पूँजीगततर्फ नौ अर्ब ६३ करोड ३८ लाखमध्ये आठ अर्ब ८७ करोड ३४ लाख ९५ हजार मात्र खर्च भएको छ । पूँजीगततर्फ ७६ करोड तीन लाख फिर्ता भएको छ । चालु वर्षमा एक अर्ब आठ करोड राजश्व आम्दानी भएको छ । आव २०७४/७५ मा कर तथा गैरकर गरेर रु एक अर्ब आठ करोड राजश्व सङ्कलन भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ५० प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि भएको छ । (रासस)

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...