News Portal

  • उर्लाबारी दुर्गापुरीमा सोनाम ल्होसार महोत्सव तयारी

    हिमाली संचार संवाददाता
    ३२४ पटक

    मोरङको उर्लाबारी—९ दुर्गापुरीमा २८५६ औं सोनाम ल्होसारको अवसरमा माघ ९ गतेदेखी १४ गते सम्म ल्होसार महोत्सवको आयोजना गरिने भएको छ ।
    नेपाल तामाङ घेदुङ उर्लाबारीको आयोजनामा हुन लागेको महोत्सवमा राष्ट्रिय कलाकार डम्बर नेपाली,ताराप्रकाश लिम्बू,बिभिन्न ब्याण्ड तथा राष्ट्रिय कलकारको आकर्षक प्रस्तुति रहने महोसत्वका उपाध्यक्ष कैलाश थापा मगरले बताउनुभएको छ ।
    महोत्सव सन्चालन गर्नका लागि प्रेम घिसिङ ‘डाईभर’ को अध्यक्षतमा कार्यक्रमको व्यवस्थापन समिति गठन भएको छ । जसको उपाध्यक्ष कैलाश थापा मगर, सचिवमा सन्तोष योन्जन र कोषाध्यक्षमा बलराम योन्जन रहनुभएको छ ।

    सदस्यहरुमा भुषण सुब्बा, सुर्य योन्जन, अर्जुन योन्जन लगायत रहनुभएको छ । कार्यक्रममा तामाङ जातिको कलासंस्कृति रहनसहन रितीरिवाज झल्काउने जातिय सद्भावलाई अझ प्रगाण बनाईने महोत्वका अध्यक्ष प्रेम घिसिङले बताउनुभयो । महोत्सवको तयारी भएसँगै भब्य र सभ्य रुपमा सम्पन्न गर्न महोत्सव ब्वयस्थापन समिति अहोरात्र खटिरहको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...