News Portal

  • रंगेलीमा माघ महिनाकाे जाडाेमा समेत धान रोपाई

    रबिन्द्र बराल
    १०४७ पटक

    माघ ६, सोमवार। मोरङ, के तपाई पत्याउनु हुन्छ माघ महिनाको जाडाे, चिसाे मौसममा पनि धान रोपाई हुन्छ भन्ने कुरा सायद धेरैलाई पत्यार नलाग्न  सक्छ तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ।

    मोरङको रंगेली नगरपालिका ६, स्थित मधुवनि चोक, र ननकार टाेल र सुनवर्सि नगरपालिका ५ स्थित झिङ्गि टाेलमा बर्षाे देखि माघ महिनामा समेत घान राेपाई हुने गरेको छ। साे क्षेत्रमा रहेको ३० औ बिधा खेतमा अहिले धान राेपाई धमाधम भइरहेको छ। माघ महिनाको जाडो समयमा महिला मजदुर महिलाहरु बिहानै देखि बीउ उखेल्न र हिलाम्मे खेतमा धान रोप्न किसानहरु ब्यस्त रहेका छन ।

    यो क्षेत्रमा रहेको करिब ३० औ बिधा खेतमा अहिले कृषकहरु धान रोपाँईमा ब्यस्त हुन थालेका हुन। महिलाहरुले एक बिघाकाे ९ हजार रुपैयाँमा ठेक्का लिएर घान राेप्ने गरेको हो। एक बिघा घान राेपन्न ५ देखि ७ जनालाई ७ दिन देखि १० दिन सम्म लाग्ने गरेको र उनिहरुले एक जना बराबर दैनिक २ सय ५० रुपैयाँ कमाउछन।

    साे क्षेत्रमा रहेको  खेतमा दुई बाली घान मात्रै लगाउने गरेका छन। माटो नराम्रो भएका कारण अरु वाली नहुने भएका हुनाले  किसानहरुले दुख गरेर धान खेती मात्रै लगाउने गरेको र अरु समयमा खेत बाझै छाडने गरेको  कृषकहरु बताउछन।

    अहिले उक्त खेतमा घुटराज धान राेपी रहेका छन। माघमा रोपेको धान जेठ महिनामा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोप्ने गरेको  कृषकहरु बताउँछन्। सो खेतमा ३ सयमसम्म धान उत्पादन हुने गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा खेत बारीमा  काम गर्ने  मजदुरहरु समेत नपाउदा खेतीपाती गर्न समस्या समेत परेको कृषकहरु बताउछन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...

    रौतहटमा जेन–जी आन्दोलनका घटनामा संलग्न आरोपमा थप एक युवक पक्राउ

    रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको...

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...