News Portal

  • सभामुखमा अग्नि सापकोटा निश्चित

    हिमाली संचार संवाददाता
    ३५० पटक

    काठमाडौं : सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ। आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुवै नेता सहमत भएका हुन्।

    ‘बिहान दुई नेताबीचको छलफलमा सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने सहमति भएको हो’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘आजै बस्ने सचिवालय बैठकले नाम अनुमोदन गर्छ।’ यद्यपि, आजै बेलुका बस्ने सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ।

    यसअघि नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा दुई नेताबीच मत बाझिएको थियो। दुई नेताबीच बिहान भएको छलफलपछि अपरान्ह चार बजे सचिवालय बैठक बोलाइएको छ।

    महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको जानकारी दिए। ‘समसामयीक विषयमा छलफल र निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो,’ महासचिव पौडेलले रातोपाटीलाई बताए।

    उनले सभामुखमा सहमति भएको बारे आफुलाई जानकारी दिए। ‘दुई नेताबीच के के कुरा भयो त्यो मलाई थाहा भैसकेको छैन। पछि थाहा होला’ पौडेलेको भनाई छ। नेकपामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयको टुङ्गो नलाग्दा प्रतिनिधिसभाको बैठक लगातार स्थगित हुँदै आएको थियो।

    पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११,१६ र २७ गते सुचना टाँस गरेर स्थगित हुँदै आएको छ। अर्को बैठक पुस ६ गतेलाई बोलाइएको छ। माघ ६ गते बस्ने बैठकमा सभामुखको निर्वाचन प्रकृया सुरु गर्ने तयारी छ।

    यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङलाई अघि सारेका थिए भने प्रचण्डले पुरानो सहमति कार्यान्वयन गर्न पनि पूर्वमाओवादी सहमतिबाट सापकोटाको नाम प्रस्ताव गरेका थिए। गत असोज १४ पछि प्रनिधिसभामा सभामुख पद रिक्त छ।

    तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुरव्र्यवहारमा मुछिएपछि उनले राजीनामा दिएसँगै सो पद खाली भएको हो। सभामुखका लागि नेम्वाङ, सापकोटा, देव गुरुङ र पम्पा भुसाल लगायतको नाम चर्चामा थियो।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी

    काठमाडौं, असार ८ – बैंकिङ कसुरको आरोपमा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध...

    नारायणी नदीमा बग्दै गरेका पुरुषको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

    चितवन, असार ८ – चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै गरेका एक पुरुषलाई सशस्त्र...

    रास्वपा सभापति लामिछाने भैरहवा कारागारमा : गुनासो छैन, पुस्तक र पार्टीप्रतिको विश्वासमै समय बिताउँदै

    भैरहवा, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने अहिले रुपन्देहीस्थित...

    कैलालीमा सुत्केरी भाउजूको हत्या : सुनका मुन्द्राका लागि देवरको ज्यानमारा योजना

    कैलाली, असार ८ – कैलाली जिल्लामा आफ्नै भाउजूमाथि निर्मम हत्या गरेको आरोपमा एक युवक पक्राउ...

    सामान्य विवादले हिंसात्मक रूप लिँदा चन्द्रागिरिमा चक्कु प्रहार

    काठमाडौं, असार ८ – काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, गोदामचोकमा शनिबार राति चक्कु प्रहार भएको छ। स्थानीय...