News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कसले लिक गर्‍यो विमानस्थलको संवेदनशील सिसीटिभी फुटेज ?

    हिमाली संचार संवाददाता
    ६९२ पटक
    ०४,माघ २०७६

    काठमाडौं – अमेरिकी सरकारको वार्षिक सुरक्षा प्रतिवेदन होस् या अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको ‘नेपालको विमानस्थलबाट हात्ती नै पास गराउन सक्छु।’ भन्ने भनाइले होस्, नेपालको विमानस्थलको सुरक्षा सँधै शंकामा पर्छ। भारतीय विमान अपहरणमा परेदेखि त झन् शंका बढायो नै।

    तर सुरक्षा प्रबन्ध कसिलो पारेर अन्तर्राष्ट्रिय समुदायको शंका निवारण गर्नुको साटो नेपालकै सुरक्षा संगठनका सदस्य थप शंका बढाउन सक्रिय देखिए। यस्तै घटना भयो शुक्रबार।

    गायिका आस्था राउतले विमानस्थलको सुरक्षामा खटिएकी महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै सार्वजनिक गरेको भिडियोको ‘काउन्टर’ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा जाँच भइरहेको भिडियो क्लिप नै सार्वजनिक भयो।

    यो भिडियो आन्तरिक टर्मिनलतर्फको हो। तर यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैतिरको सुरक्षा निगरानीका लागि राखिएको क्लोज सर्किट टेलिभिजनको दृष्य सुरक्षित छैन भन्ने पुष्टि भयो।

    सार्वजनिक भएको उक्त भिडियोमा जाँचका क्रममा गायिका राउत र एक महिला प्रहरी (रमिता श्रेष्ठ) बीच भनाभन भएको दृश्य देखिन्छ। जसरी फुटेज बाहिरियो, यसले राउतको दाबीलाई काउन्टर दिन चोर बाटोबाट लिक गराइएको प्रष्टै हुन्छ।

    कसले गर्‍यो यति ठूलो बदमासी ? 
    यसबारे विमानस्थलको सुरक्षामा खटिएका एसएसपी रामकृपाल शाहका अनुसार गायिका राउतले प्रहरीलाई आरोप लगाएपछि विमानस्थल प्रहरीले फुटेज हेरेको थियो। फुटेजमा प्रहरीको गल्ती नदेखेपछि महानगरीय आयुक्त कार्यालयमा पठाइएको थियो।

    ‘तालुक कार्यालय मेट्रोमा हाम्रो गल्ती छैन है भन्दै हामीले सिसी टिभी फुटेज, महिला प्रहरी प्रहरीको जाहेरी पठाएका थियौं,’ उनले भने, ‘त्यसभन्दा बढी कसरी बाहिरियो हामीलाई थाहा भएन।

    आयुक्त कार्यालयबाट फुटेज बाहिरिएको हो त ? यसबारे जानकारीका लागि महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीसँग सम्पर्क गर्न खोज्दा सम्भव भएन। उनको मोबाइल बन्द थियो। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्रीको दाबी सत्य हो भने केन्द्रलाई फुटेज बाहिरिएको बारे जानकारी नै छैन।

    ‘प्रहरीले फर्मल्ली यस्तो फुटेज सार्वजनिक गरेको छैन। यसबारे विमानस्थल र मेट्रो प्रहरी जानकार हुनुपर्ने हो।’ प्रवक्ता क्षेत्रीले दाबी गरे।

    अन्तर्राष्ट्रिय बदनामीको खतरा !
    अमेरिकाले केही महिनाअघि सार्वजनिक गरेको एक प्रतिवेदनमा नेपालको सुरक्षा अवस्था एकदमै कमजोर भएको उल्लेख गरेको थियो।

    अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ‘कन्ट्री रिपोट्र्स अन टेरोरिज्म २०१८’ मा प्रतिबन्धित भारतीय आतंकवादी संगठन मुजाहिदिनसम्मका विषय समेटिएका छन्।

    रिपोर्टमा भनिएको छ, ‘भारतीय मुजाहिद्दिन नामक संगठनले नेपालमा पनि आफ्नो गतिविधि विस्तार गरेको र मुजाहिद्दिनलाई आफ्नो गतिविधिका लागि नेपाल अहिले सबैभन्दा ठूलो अखडा बनेको छ।

    यिनै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले समेत विमानस्थलमा स्पेशल टास्क फोर्सको टिम नै खटाउँदै आएको छ। अन्तर्राष्ट्रिय आतंकवादी समूहका सदस्य बेलाबखत समातिइरहन्छन् विमानस्थलमा। सुन र कोकिन लगायतका लागुऔषध भित्रिरहेका छन्।

    यस्तो अवस्थामा बाहिरिएको फुटेजले सुरक्षा जोखिम बढाउँदैन र ?
    विमानस्थलको सुरक्षा जाँच हुने क्षेत्रको भिडियो क्लिप सार्वजनिक हुनु गम्भीर विषय भएको सुरक्षा विज्ञ बताउँछन्।

    गायिका राउत र प्रहरीबीच भएको विवादको भिडियो बाहिरिएको विमानस्थलको अतिसंवेदशील क्षेत्र हो‚’ विमानस्थल सुरक्षाबारे जनकार एक प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यसैगरी संवेदनशील क्षेत्रको भिडियो बाहिरिँदै जाने हो भने विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठ्छ।

    प्रहरीको गल्ती छैन भन्ने देखाउन संवेदनशील क्षेत्रको फुटेज सार्वजनिक गर्नु गम्भीर घटना भएको विश्लेषण गर्दै ती अधिकृतले भने, ‘चासोको विषय संवेदनशील क्षेत्रको भिडियो कसरी बाहिरियो भन्ने हुनुपर्ने हो तर बहस भने अन्तै भइरहेको छ।

    कसरी बाहिरियो फुटेज ?
    सिसिटिभी फुटेज प्रहरीबाटै बाहिरिएको देखियो। गायिका राउतले प्रहरीलाई गाली गर्दै गरेको फेसबुक लाइभपछि पक्ष र विपक्षमा बहस भएपछि माहौल आफ्नो पक्षमा पार्न प्रहरीले नै अनौपचारिक रुपमा फुटेज वितरण गरेको हो। फुटेज चोर बाटोबाट लिक गराउनेबारे प्रधान कार्यालयका वरिष्ठ प्रहरी अधिकृत पनि जानकार थिए।

    सल्लाहअनुसार नै फुटेज बाहिरिँदा सुरक्षा संवेदनशीलताबारे प्रश्न उठेपछि जिम्मेवार प्रहरीहरु नै तैं चुप मैं चुप बनेका छन्। फुटेज बाहिरिएको बारे छानबिन हुन्छ त? प्रवक्ता क्षेत्री भन्छन्‚ ‘यस विषयमा अहिलेसम्म कुनै औपचारिक छलफल भएको छैन। नेपाललाइभबाट

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १२, २०८२ (मे २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाल परोपकार समाज कुवेतको अधिवेशन अगष्ट ८ मा हुने

    कुवेत — नेपाल परोपकार समाज कुवेतको चौथो अधिवेशन तथा पाँचौं साधारण सभा आगामी ८ अगष्ट...

    रोशनी शाहीको मृत्यु : न्याय खोज्दाको अन्तिम यात्रा यहीं टुंगियो

    काठमाडौं, जेठ ११ – भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित एक डेराबाट आइतबार दिउँसो एक महिला मृत...

    ओलीको खुलासा : ‘३२ अर्बको हल्ला प्रचण्डको डिजाइन, माधव–झलनाथको समर्थन’

    काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै काठमाडौँमा आयोजित...

    तीनकुने प्रदर्शन प्रकरण : ६५ जनामाथि मुद्दा दायर, दुर्गा प्रसाईं, रवीन्द्र मिश्रलगायत ११ जना अझै फरार

    काठमाडौं, जेठ ११ – चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनले राजनीतिक तथा सामाजिक...