News Portal

मोरङका सुमन कार्की कमेडी च्याम्पियन टप ६ मा पर्न सफल

हिमाली संचार संवाददाता
४६१ पटक

मोरङ – रतुवामाई घर भई एक दशकदेखि राजधानीमा संघर्षरत सुमन कार्की यतिबेला हाँस्य प्रहसनमा ख्याति बटुलि रहेका छन् । मुलुककै पहिलो रियालिटी शो कमेडी च्याम्पियनको टप ६ मा पर्न सफल हुनुपनि सफलताको सिढी उक्लिरहेको एउटा प्रमाण हो । देशको काल र परिस्थितिले जनतामा निरासापन छाइरहेपनि कलाकै माध्यमबाटै उनले भने वाहवाही पाइरहेका छन् । चिन्तित मान्छेलाई पनि हँसाउन सक्ने असाधारण खुबी सुमनमा रहेको उनको प्रस्तुति हेर्ने जो कोहीले महशुस गरेको अवस्था छ ।
ओखल्ढुङ्गामा जन्मिएका सुमन हाँस्य कलाकारिताका हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेल, राजाराम पौडेल, दीपक दीपाश्री, जितु नेपालजस्ता दिग्गज व्यक्तिहरुको सहकार्यसँगै उनीहरुको प्रेरणाले आफ्नो प्रस्तुतिमा थप निखार ल्याउन सफल छन् । हाल कान्तिपुुर टेलिभिजनबाट प्रसारण भैरहेको कमेडी च्याम्पियनमा टप – ६ मा परेपछि उनी उपाधिका प्रवल दाबेदार मानिएका छन् । समसामयिक विषयमा घतलाग्दो प्रस्तुति दिने सुमनले श्रमिक र निमुखाहरुको पक्षमा आफुलाई उभ्याउने गरेका छन् । बसका सहचालकका दुःख, डिउटीमा ट्राफिक प्रहरीले ब्यहोर्नु परेको भुक्तमान जस्ता प्रस्तुतिले दर्शकदीर्घालाई चसक्क छुन्छ नै । अर्को, सोसल मिडियाका विकृतिको मिहिन ढंगले पटाक्षेप गर्ने २७ वर्षीय उनले खासगरी युटुबका नकारात्मक क्रियाक्लाप पनि पस्किने गरेका छन् ।
पत्रकार ऋषि धमलाको क्यारिकेचरमा आफुलाई दुरुस्तै ढाल्न सक्ने खुबी उनको छ । कमेडीयनकै कमेडी उतार्न पनि उनी सिपालु छन् । जस्तो की चर्चित हाँस्य कलाकार विल्सनविक्रम राई तोक्मे बुढाको भुमिकामा पनि उनी फिट छन् । यसबाहेक देश विदेशका चर्चित व्यक्तिका हाउभाउ र बोलीलाई पनि हुवहु बनाउनु उनको अर्को विशेषता हो । हाँस्य शैलीमा हरेक सन्दर्भ सामग्री पस्कने मुलुककै अग्रणी एफएम रेडियो अडियोमा लामो समयदेखि कार्यरत सुमन स्टेज कार्यक्रमहरु मा पनि दमदार प्रस्तुति दिएर उत्तिकै चर्चित छन् ।
देशभरका प्रतियोगीलाई उछिन्दै सुमन कमेडी च्याम्पियनको टप ६ मा पर्न त सफल भए अब उनलाई खाँचो तिनीहरु कै छ जो सुमनको कमेडियन कलाबाट मुग्ध हुन्छन् । सामान्य आर्थिक अवस्थाका यिनै कमेडीयन सुमनलाई स्पर्धाको उपाधि उचाल्न यतिबेला वढीभन्दा वढी भोटको आवस्यक्ता छ । उनले आफूलाई माया गर्ने आमदर्शक स्रोतालाई जतिसक्दो धेरै भोट गरेर बिजेता बनाउन अपिल गरेका छन् । उनलाई भोट गर्न नेपालमा हुनुहुने दर्शकले इ–सेवाको एप डाउनलोड गरेर भोट गर्न सक्नुहुन्छ भने नेपाल बाहिर रहेका दर्शकले कमेडी च्याम्पियनको एप डाउनलोड गरेर फ्री भोट गर्नुसक्नुहुन्छ । उनको भोटिङ कोर्ड नं. २० रहेको छ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...