News Portal

समुदायमा अदालतकाे भुमिका बिषयमा एकदिने अन्तरक्रिया सम्पन

रबिन्द्र बराल
३४८ पटक

२६ पौष, शनिवार  । माेरङकाे रंगेली नगरपालिका ७ स्थित नगरपालिकाकाे सभाहलमा एकदिने अदालतले दिने सेवाप्रभावारे जानकारी गर्ने उदेश्यले समुदायमा अदालत कार्यक्रमकाे आयोजनामा गरिएको कार्यक्रममा न्यायधिश तिलप्रसाद श्रेष्ठले अदालतप्रति जनताको अपेक्षा र न्यायिकसेवालाई प्रभावकारी वनाउने उद्देश्यले स्थानीय स्तरका कार्यक्रम संचालन गरेको बताएका थिए।

अदालतमा आएका मुद्धाका विषयमा सत्य तथ्य र सहि प्रमाणलाई आधार मानेर निर्णय सुनाउनु पर्ने भएकाले कुनै कुनै मुद्धाको सुनुवाई केही ढिलो हुने गरेको वताएका थिए । उच्च अदालतका न्यायधिश प्रेमराज कार्कीले अहिलेको अदालती प्रक्रिया छिटो छरितो रहेको र सबै पक्षलाई सहज रुपमा आफ्ना काम र कर्तव्यका बारेमा बताएका थिए । 

उच्च अदालत विराटनगरको आयोजनामा आयोजित उक्त कार्यक्रम  रंगेली नगरपालिकाका प्रमुख दिलिप वगडिया, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी ,बडाअध्यक्ष रामचन्द्र मंन्डल, महेश खनाल, विभिन्न संधस्थाका प्रतिनिधि लागायतकाे सहभागितामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरुले अदालतमा भोग्नु परेको समस्या र गाउँधरमा भईरहेकाे    अदालतको सेवाप्रवाहको बारेमा स्थानीय स्तरका सेवाग्रहीहरु जानकार नहुदा अदालती प्रक्रिया झंझटिलो हुने गरको गुनासो राखेका थिए ।

समुदायमा अदालत कार्यक्रमले सर्वसाधारणलाई अदालतको सेवाप्रभाव बारेमा जानकारी लिन थप सहज भएको सहभागीहरुले बताएको थिए। सहभागीहरुले अदालतप्रतिको सेवाप्रवाह र समस्याको बारेमा  गुनासोहरु राखेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...