News Portal

नक्कली नोट कारोबार गर्ने ४ जना पक्राउ

हिमाली संचार संवाददाता
३८९ पटक

काठमाडौं – काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा नक्कली नोट देखाई ठगी गरेको अभियोगमा ४ जनालाई काठमाडौं गोंगबुबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका-७ घर भई काठमाडौं माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका-१३ बस्ने ३२ वर्षीय बल बहादुर राना मगर, डोटी पूर्वी चौकी गाउँपालिका-३ घर भई काठमाडौं कपुरधारा बस्ने २४ बर्षीय आर्यान खड्का र धनकुटा छत्र जोरपटी गाउँपालिका-३ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३६ वर्षीय छत्र बहादुर लिम्बु रहेका छन् ।

 

पक्राउ परेकामध्ये बुढाथोकी जाली नोट बजारमा पुर्‍याउने मुख्य व्यक्ति, राना मगर जाली नोट बनाउने मुख्य व्यक्ति, खड्का जाली नोट बनाउने मुख्य डिजाइनर र लिम्बु जाली नोट बजारमा पुर्‍याउन सहयोग गर्ने भूमिकामा रहेको खुल्न आएको छ ।

उनीहरुको साथबाट ‘श्री नेपाल राष्ट्र बैंक’ लेखिएका विभिन्न नम्बर उल्लेख भएका १ हजार रुपैयाँ दरका जम्मा ४ सय १३ थानमा रहेको ४ लाख १३ हजार रुपैयाँ खोटा मुद्रा (नक्कली) तथा १ हजार रुपैयाँ दरको नोटको A4 साईजको पेपरमा ४ वटा अट्ने गरी पछाडीको भागको रंगिन फोटोकपी गरेको पेपर ३५ थान, रंगिन फोटोकपी मेसिन १ थान र  सिपीयू १ थान प्रहरीले बरामद गरेको छ ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा खोटा मुद्रा देखाई ठगी गरेको बिषेश सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त मुद्रा र अन्य सामान सहित पक्राउ गरी उनीहरु उपर मुद्रा सम्बन्धि कसूर अन्तर्गत अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...