आज : २०२६-०६-३०, मङ्गलबार

सरस्वतीकाे मुर्ति बनाउन व्यस्त कालिगढ

माेरङ : माेरङकाे सिमाबर्ति क्षेत्रमा बसाेवास गर्ने युवा तथा वृद्घ कलाकारहरु हस्तकलाका माध्यम बाट सरस्वती मुर्ति वनाउनेे तयारीमा पुगेका छन। दुई महिनाकाे मेहनतसंगै तराईका जिल्लामा बसाेवासगर्ने कालिगढले हस्तकलाकाे माध्यमबाट सरस्वतीकाे मुर्ति बनाउन भ्याई नभ्याई भएको छ।

पराल, माटाे र बाँस बाट कलात्मक तरिकाले सरस्वतीकाे मुर्ति बनाएर बिक्रीवितरण गर्ने गर्दे छन।
तराई क्षेत्रका सरकारी तथा निजि बिधालयका बिधार्थिहरुले सरस्वती पुजालाई विशेष रुपमा मनाउने गर्दछन। कालिगढले मंसिरकाे पहिलाे सातादेखि सिमावर्ति क्षेत्रमा रहेको रंगेली, कर्सिया, कटहरी दादरवैरिया लागायतका स्थानहरुमा घर जग्गा भाडामा लिएर अाफ्नाे कलाकारकाे माध्याबाट तीन महिनाकाे अबधिमा ८० हजार देखि १ लाख रुपैयाँसम्म कमाउने गरेकाेे पिन्डितले बताए।

कलाकार हरुले पराललाई डाेरीले बाँधेर हात, खुट्टा र शरिरकाे अाकृति निकालेर त्यसलाई चिम्टाईलाे माटाेले उक्त अाकृतिमा माटाेले लिप्ने गर्दे छन। त्यस पछि उक्त मुर्ति लाई घाममा सुकाएर बिभिन्न रंग राेगन गरेर बिक्रीवितरण गर्ने गर्देछन।

तराईका जिल्लाहरुमा यस्ता मुर्तिहरुकाे बडि किन मेल हुने गरेकाे पाईन्छ। यस वर्षौँदेखि अाफु याे पेसामा लागेको र अाफुलाई राम्रो अाम्दानी हुने गरेकाे भारत घर भएका कमलान्द पिडितले बताए। उनले एक मुर्ति बराबर १५ सय रुपैयाँ प्रतिगाेटा देखि ५ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेकाे कमलान्द पंडितले वताए।