News Portal

भुटेको मकै स्वास्थ्यको लागि

हिमाली संचार संवाददाता
९३७ पटक
जीवनशैली

 

प्रायः मानिसहरूलाई भुटेको मकै मन पर्छ। खाजाका रूपमा खाइने भुटेको मकैले मानव स्वास्थ्यमा विशेष फाइदा गर्छ।मकैमा फाइबरको मात्रा अधिक हुन्छ। जसका कारण पाचन प्रणालीमा मजबुद सुधार गर्छ।

भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुँदैन। भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा पर्याप्त हुने भएकोले शरीरमा हड्डीलाई मजबुत बनाउँछ ।

मकैमा आइरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र पर्याप्त हुन्छ। मकैले शरीरमा रगत अभावको समस्याबाट जोगाई कमजोरी हुनबाट बचाउँछ। भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रवाहलाई तीव्र बनाई रक्तचाप नियन्त्रण गर्छ। यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ।

मुटु रोगको खतराबाट बचाउँछ। भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस्। यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कमजोरीको समस्या समाधान हुन्छ। भुटेको वा पोलेको मकैमा कार्बोहाइड्रेटको मात्र पर्याप्त हुने भएकोले यसले शरीरलाई पर्याप्त ऊर्जा दिन्छ। भुटेको मकै खाँदा दाँतको व्यायाम गराउँछ। मकै खादा दाँत सफा गर्ने र बलियो बनाउँछ।

• भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुने भएकाले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको समस्या हुँदैन्।

• भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरका हड्डीलाई बलियो बनाउछ।

• भुटेको मकैमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ। जसले शरिरमा रगत अभावको समस्याबाट हुन दिंदैन र कमजोरी हुनुबाट बचाउँछ।

• भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनाई रक्तचाप नियन्त्रण गर्छ।

भुटेको मकैले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ जसले मुटु रोगको खतराबाट बचाउँछ।

• भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस। यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नीको समस्या समाधान हुन्छ।

• भुटेको वा पोलेको मकैमा कार्बोहाइड्रेडको मात्र पर्याप्त हुन्छ। जसले शरिरलाई पर्याप्त उर्जा दिन्छ।

•भुटेको मकैले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ जसले मुटु रोगको खतराबाट बचाउँछ।

प्रतिकृया दिनुहोस्

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...