News Portal

  • ८१ बर्षीय वृद्धको मनै रुवाउने कहानी (भिडियोसहित)

    हिमाली संचार संवाददाता
    ३५४ पटक

    मोरङ – मोरङको मिक्लाजुङ गाउँपालिक वडा नं. ९ निवासी ५२ बर्षीय तिलक बहादुर कार्की फलामे साङ्लोमा बाधीएको बषौं भयो ।

    बेला बेला होसका बेला बेला बेहोसका कुरा गर्ने मनोरोगी तिलकबहादुरलाई बचाएरै राख्नका लागि फलामे साङ्लीले बाँधेर चाबी लगाई राख्नु पर्ने बाध्यता रहेको तिलकका बुबा दलबहादुर कार्कीले बताए ।

    बाँधेर नराखे घर छोडेर हिढने र घरै नफर्कीने भएपछी फलामे साङ्लीले बाध्न बाध्य भएको दलबहादुर बताउँछन । सामान्य कपडा वा डोरीले बाँधे फुकालेर भग्ने गरेको र बाहिर कशैले कुट पिट गर्लान, गाडीले किचेर मार्ला वा कुनै सम्भाव्य दुर्घटना हुन सक्ने डरले बचाउँन र छोरालाई जोगउनकै लागी मन भारी बनाउँदै फलामे साङ्लीले बाँधेर चाबी लगाई राख्नु परेको दुखेसो सुनाए तिलकका ८१ बषीय वृद्ध बुबा दलबहादुर कार्कीले ।

    अहिले पनी तिलकलाई कहिले काही छोप्वा बिराम (मृगी)ले सताउँछ । मृगीले भेटेको बेला दुई चार दिन सम्म खान पिना बिना नै त्यतीकै लडिरहन्छन । घरको अवस्था पनी दयनयि छ । बाँसका खाँबा खुट्टी र टिनलाई बासले च्यापेर बनाएको घर छ ।

    बर्खामा परेको पानि घर भित्रै खस्छ । तिलकलाई राख्न छुट्टै कटेरो बनाइएको छ उनी त्यहिं भुइमै बस्छन खान्छन र फलामे साङलीमा बाधीएर सुत्छन । जेठो छोरा तिलक बहादुर लाई ०३४ सालमा मृगीले भेट्यो त्यस पछी पटक पटक धामी लगाएर अलि जाती भएको थियो । तर ०३७ सालमा धामीको पनी मृत्यु भयो त्यस पछी हेलपोष्टको दबाई खुवाएर अलिअलि निको भए पनी पुर्ण निको नभएको दलबहादुरले सुनाए । २०७२ साल देखी घर छोडेर हिँडेको तीनमहिना लगाएर खोजीगरी भेटाएपछी पनी नबाँधी राख्न कोशीस गरें तर बाहिर बाहिर हिँडने र जंगलमै बस्ने घर नफकर्ने भएपछी छोरालाई बाँधेर फलामे साङलीमा चाबी लगाउनु बहेकको बिकल्प नभएको बुबा दलबहादुर काकी बताउँछन ।

    दलबहादुरको माइलो छोरा पनी रोगी भएको र कान्छो छोरा गोपाल अपाङ्ग छन । कान्छो छोरा गोपालले अपाङग भए पनी मावा नुनसरी समुदायिक वनले वनमा चौकीदारीको काम दिएको र त्यहीँ बाट आउने थोरै रकमले उनिहरुको घरको बिहान बेलुकाको गर्जो टर्ने गरेको छ ।
    राम्रो अस्पताल लगेर औषधी उपचार गर्न आफु संग आर्थिक अवस्था कमजोर भएको दलबहादुरले बताए ।
    कुनै मनकारी दाता, अस्पताल वा संघ संस्थाले छोराको उपचारमा सहयोग गरिदिए आफुलाई ठुलो क्लायाण हुने कार्की बताउँछन । मनोरोगी तिलक बहादुर बेला बेला होसका कुरा गर्छन । केहीबेला उपचार डाक्टर भन्छन त कोही बेल धामी भन्दै आफै बरबराउँछन । दलबहादुरले गह भरी आँसु पार्दै भने छोरा त ७ भाई जन्मीएका थिए ।
    तिन भाई मात्र बाँचे बाँचेकाको नि यो अवस्था छ अब म डाँडा पारि जुन भइ सकेको बुढाले के नै गर्न सक्छु र ।

    https://m.youtube.com/watch?v=PBD3HoK3iHw&t=196s

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...