News Portal

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले ९औं राष्ट्रिय युवा दिवसका मनाए

हिमाली संचार संवाददाता
३५० पटक

रबिन्द्र बराल -नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले आफ्नो ९औं राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा रक्तदान संकलन गरेको छ । रगतको अभाव नहाेस भन्ने उदेश्यले नेपाल राष्ट्रिय मारवाडी युुवा संगठनले युवा दिवसको अवस पारेर तीन सय पाउन्ड रगत संकलन गरेको छन्।
उनिहरुले देशभरका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम गरे ।

रगत सकंलन गरेको जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी गराईयाे ।
संंगठनको पुस ३ गतेदेखि सप्ताहव्यापी रुपमा
विभिन्न कार्यक्रमकाे अायाेजना गरी दिवश मनाईयाे । दिवसको उपलक्ष्यमा नेपाल भरी शान्ती तथा मोटरसाईकल रयाली, प्रभातफेरी देशभरका चार क्षेत्र र २४ शाखाद्वारा गरीव गुरुवाहरुलाई चार सय कम्वल, चार सय क्विण्टल खाद्यान्न फलफूल,एक हजार सेनिटरी प्याड, निःशुल्क भोजन, वृक्षरोपण रंगेली अस्पतालका विरामीलाई कम्वल वितरण अस्पताललाई विभिन्न सरसफाईका लागी फिनेल लगायतका सामाग्री वितरण गर्नुुका साथै सुुनसरीको इटहरीमा निशुुल्क भोजनको व्यवस्था समेत गरेको संस्थाका महासचिव मनोज अग्रवालले बताए ।

उहाँका अनुुसार संगठनले विराटनगर, इटहरी, रगेंली, ईनरुवा, धरान, दुहवी, दमक, धुलावारी, विर्तामोड, जनकपुर, हनुमान नगर, राजविराज, कलैया, लहान, नारायणघाट हेटौडा, पोखरा, भैरहवा, नेपालगञ्ज, बुटवल, धनगढी र परासीमामा न्यानो लुगा वितरण, , खाजा व्यवस्था, खाद्यान्न निशुुल्क भोजन लगायतका सामाजिक कार्य समेेत गरेको जाानकारी दिए।

यसैगरी भ्रमण वर्ष २०२० को सम्वन्धमा स्वदेश तथा विदेशमा रहेका आफन्तहरुलाई धार्मिक, प्राकृति, हिमालय क्षेत्रको परिवारका साथ भ्रमण गर्न प्रचार प्रसार गरिएको कार्यक्रम संयोजक सन्दिप लालवानीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...