News Portal

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले ९औं राष्ट्रिय युवा दिवसका मनाए

हिमाली संचार संवाददाता
३९४ पटक

रबिन्द्र बराल -नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले आफ्नो ९औं राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा रक्तदान संकलन गरेको छ । रगतको अभाव नहाेस भन्ने उदेश्यले नेपाल राष्ट्रिय मारवाडी युुवा संगठनले युवा दिवसको अवस पारेर तीन सय पाउन्ड रगत संकलन गरेको छन्।
उनिहरुले देशभरका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम गरे ।

रगत सकंलन गरेको जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी गराईयाे ।
संंगठनको पुस ३ गतेदेखि सप्ताहव्यापी रुपमा
विभिन्न कार्यक्रमकाे अायाेजना गरी दिवश मनाईयाे । दिवसको उपलक्ष्यमा नेपाल भरी शान्ती तथा मोटरसाईकल रयाली, प्रभातफेरी देशभरका चार क्षेत्र र २४ शाखाद्वारा गरीव गुरुवाहरुलाई चार सय कम्वल, चार सय क्विण्टल खाद्यान्न फलफूल,एक हजार सेनिटरी प्याड, निःशुल्क भोजन, वृक्षरोपण रंगेली अस्पतालका विरामीलाई कम्वल वितरण अस्पताललाई विभिन्न सरसफाईका लागी फिनेल लगायतका सामाग्री वितरण गर्नुुका साथै सुुनसरीको इटहरीमा निशुुल्क भोजनको व्यवस्था समेत गरेको संस्थाका महासचिव मनोज अग्रवालले बताए ।

उहाँका अनुुसार संगठनले विराटनगर, इटहरी, रगेंली, ईनरुवा, धरान, दुहवी, दमक, धुलावारी, विर्तामोड, जनकपुर, हनुमान नगर, राजविराज, कलैया, लहान, नारायणघाट हेटौडा, पोखरा, भैरहवा, नेपालगञ्ज, बुटवल, धनगढी र परासीमामा न्यानो लुगा वितरण, , खाजा व्यवस्था, खाद्यान्न निशुुल्क भोजन लगायतका सामाजिक कार्य समेेत गरेको जाानकारी दिए।

यसैगरी भ्रमण वर्ष २०२० को सम्वन्धमा स्वदेश तथा विदेशमा रहेका आफन्तहरुलाई धार्मिक, प्राकृति, हिमालय क्षेत्रको परिवारका साथ भ्रमण गर्न प्रचार प्रसार गरिएको कार्यक्रम संयोजक सन्दिप लालवानीले बताए ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...