News Portal

विश्वकै ठूलो बुद्धको ढुंगे मुर्ति बनाउँदै मञ्जुल (भिडियोसहित)

हिमाली संचार संवाददाता
४२६ पटक

उर्लाबारी – उर्लाबारी नगरपालिका–६ का ३९ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ ले विश्वकै सबैभन्दा ठूलो ढुंगाको बुद्ध मूर्ति निर्माण गरिरहेका छन् ।
हाल १ महिनाको छुट्टिमा आएका मितेरी फागुनन्दको मुर्तिमा आकृति दिइरहेका छन् । उनले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे सपना साकार पार्ने बताएका छन् ।
विंस २०६१ मा १० बर्षभित्र ती मूर्ति राष्ट्रलाई दिने घोषणा गरेका बराइलीले हालसम्म १८० को हाराहारीमा मात्र मूर्ति निर्माण गर्न सकेका छन् । निर्मित मूर्तिको व्यवस्थापन, कच्चा पदार्थको अभाव, पारिवारिक समस्यालगायत कारणले पूरा हुन नसकेको त्यो फलामे सपना जापानको काम पूरा भएपछि तिब्र गतिमा अघि बढाउने उनले बताएका छन् ।

जापानमा विश्वकै सबैभन्दा ठूलो ढुंगाको बुद्ध मूर्ति निर्माणको ६० प्रतिशत काम सकिएको र अबको तीन बर्षभित्रका सम्पन्न हुने उनको भनाई छ राष्ट्रलाई एक हजार मूर्ति उपहार दिने बराइली २०७२ सालमा ५० हजार राशिको युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएपछि उनको कला जापानसम्म माग भयो । जापानको एक विशाल पहरामा साढे तीन वर्षदेखि बुद्धको मूर्ति कोर्दै आएका बराइलीले केही समयअघि मात्र आफ्नो घर फर्किएका उनले, राष्ट्रलाई दिने भनिएको एक हजार मूर्तिको सपना पूरा गरेरै छाड्ने उद्घोष गरे ।

उनी भन्छन् “अबको तीन वर्षभित्र जापानमा बुद्धको मूर्ति निर्माण सकेर नेपाल फर्कन्छु र त्यसपछिको ५÷७ वर्षभित्र हजार मूर्ति निर्माणमा समर्पित हुन्छु ।” जापानको कुमामोतो जिल्लाको खामीआमाकुसामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा छिनो र हम्मर बोकेर उनिसहित ६ जनाले बुद्धको मूर्ति सिर्जना गरिरहेएका छन् ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...