News Portal

विश्वकै ठूलो बुद्धको ढुंगे मुर्ति बनाउँदै मञ्जुल (भिडियोसहित)

हिमाली संचार संवाददाता
४४६ पटक

उर्लाबारी – उर्लाबारी नगरपालिका–६ का ३९ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ ले विश्वकै सबैभन्दा ठूलो ढुंगाको बुद्ध मूर्ति निर्माण गरिरहेका छन् ।
हाल १ महिनाको छुट्टिमा आएका मितेरी फागुनन्दको मुर्तिमा आकृति दिइरहेका छन् । उनले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे सपना साकार पार्ने बताएका छन् ।
विंस २०६१ मा १० बर्षभित्र ती मूर्ति राष्ट्रलाई दिने घोषणा गरेका बराइलीले हालसम्म १८० को हाराहारीमा मात्र मूर्ति निर्माण गर्न सकेका छन् । निर्मित मूर्तिको व्यवस्थापन, कच्चा पदार्थको अभाव, पारिवारिक समस्यालगायत कारणले पूरा हुन नसकेको त्यो फलामे सपना जापानको काम पूरा भएपछि तिब्र गतिमा अघि बढाउने उनले बताएका छन् ।

जापानमा विश्वकै सबैभन्दा ठूलो ढुंगाको बुद्ध मूर्ति निर्माणको ६० प्रतिशत काम सकिएको र अबको तीन बर्षभित्रका सम्पन्न हुने उनको भनाई छ राष्ट्रलाई एक हजार मूर्ति उपहार दिने बराइली २०७२ सालमा ५० हजार राशिको युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएपछि उनको कला जापानसम्म माग भयो । जापानको एक विशाल पहरामा साढे तीन वर्षदेखि बुद्धको मूर्ति कोर्दै आएका बराइलीले केही समयअघि मात्र आफ्नो घर फर्किएका उनले, राष्ट्रलाई दिने भनिएको एक हजार मूर्तिको सपना पूरा गरेरै छाड्ने उद्घोष गरे ।

उनी भन्छन् “अबको तीन वर्षभित्र जापानमा बुद्धको मूर्ति निर्माण सकेर नेपाल फर्कन्छु र त्यसपछिको ५÷७ वर्षभित्र हजार मूर्ति निर्माणमा समर्पित हुन्छु ।” जापानको कुमामोतो जिल्लाको खामीआमाकुसामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा छिनो र हम्मर बोकेर उनिसहित ६ जनाले बुद्धको मूर्ति सिर्जना गरिरहेएका छन् ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...