News Portal

गोरखाका अर्जुन थापाको जम्मुकश्मीर भीड्न्तमा मृत्यु

हिमाली संचार संवाददाता
५३४ पटक

दिल्ली : जम्मुकश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ।

बुधबार जम्मु कश्मीर राजौरी जिल्लाको नौसहरमा आतंकवादी र सुरक्षाकर्मी बीच मुठभेड भएको थियो। मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका वडा नम्बर ५ ठूलोरिपका २६ वर्षीय अर्जुन थापा मगर रहेको बताइएको छ।

थापा पाँच वर्षअघि भारतीय सेनमा भर्ती भएका थिए। बुधबार भारतीय सेनाले परिवारलाई अर्जुनको मृत्युको खबर पठाएका थिए। दुई वर्षअघि आमा गुमाएका उनी ६ महिना अगाडी मात्र विवाह बन्धनमा बाँधिएका थिए।

सेनाकाअनुसार नयाँ वर्षको दिन नौशोरा क्षेत्रका दुई सेनाले सर्च अप्रेसनका क्रममा आतंकवादीले हमला गर्दा भारतीय सेनामा कार्यरत २ सेनाको मृत्यु भएको हो।

उक्त अपरेसनलाई आतंककारीको आन्दोलन सम्बन्धी सूचनाका आधारमा सुरु गरिएको थियो। गत वर्ष जम्मु कश्मीरमा १६० आतंकवादी मारिए भने १०२ जनालाई पक्राउ गरिएको थियो।

प्रतिकृया दिनुहोस्

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...