News Portal

गोरखाका अर्जुन थापाको जम्मुकश्मीर भीड्न्तमा मृत्यु

हिमाली संचार संवाददाता
४७३ पटक

दिल्ली : जम्मुकश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ।

बुधबार जम्मु कश्मीर राजौरी जिल्लाको नौसहरमा आतंकवादी र सुरक्षाकर्मी बीच मुठभेड भएको थियो। मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका वडा नम्बर ५ ठूलोरिपका २६ वर्षीय अर्जुन थापा मगर रहेको बताइएको छ।

थापा पाँच वर्षअघि भारतीय सेनमा भर्ती भएका थिए। बुधबार भारतीय सेनाले परिवारलाई अर्जुनको मृत्युको खबर पठाएका थिए। दुई वर्षअघि आमा गुमाएका उनी ६ महिना अगाडी मात्र विवाह बन्धनमा बाँधिएका थिए।

सेनाकाअनुसार नयाँ वर्षको दिन नौशोरा क्षेत्रका दुई सेनाले सर्च अप्रेसनका क्रममा आतंकवादीले हमला गर्दा भारतीय सेनामा कार्यरत २ सेनाको मृत्यु भएको हो।

उक्त अपरेसनलाई आतंककारीको आन्दोलन सम्बन्धी सूचनाका आधारमा सुरु गरिएको थियो। गत वर्ष जम्मु कश्मीरमा १६० आतंकवादी मारिए भने १०२ जनालाई पक्राउ गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...