इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई फोन गरेर घटनाप्रति आपत्ति जनाएका हुन् । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा इरान निकटका इराकी प्रदर्शनकारीले आक्रमण गरेका आरोप वासिङ्टनको छ । टेलिफोन कुराकानीका क्रममा दुई नेताले क्षेत्रीय सुरक्षाका विषयमा छलफल गरे ।
राष्ट्रपति ट्रम्पले इराकमा रहेका अमेरिकी नागरिकको सुरक्षामा विषेश जोड दिएको राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जारी विज्ञप्तिमा उल्लेख छ । ‘इरानी पक्षले अमेरिकी दूतावासमा ‘नियोजित आक्रमण’ गराएको छ,’ विज्ञप्तिमा छ ।