News Portal

एक रुपैयाँमा पर्यटकलाई गास-बासको ब्याबस्था

हिमाली संचार संवाददाता
३९५ पटक

इलाम । नेपाल भ्रमण वर्षको पहिलो दिन इलाम होटल एशोसिएशनले एक रुपैयाँमा विदेशी पर्यटकलाई एक रात बास, विहान-वेलुकागरी दुई छाक खाना ब्याबस्था गरेको छ। इलाम होटल एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा विदेशी पर्यटकलाई नेपाल भ्रमण बर्षको पहिलो दिन यस्तो प्रबन्ध गरेका हुन् ।

सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो विदेशी पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो । विदेशी पर्यटकले आफ्नो देश फर्किएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को राम्रो प्रचार- प्रसार गरुन् भन्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरेको होटल व्यवसायी संध इलामका अध्यक्ष देवी पौडेलले बताए ।

इलामले भ्रमण वर्षलाई लक्षित गरी अघि सारेको योजनाअनुसार इलामको चियाबारी कटेजसहित ग्रिन भ्यू होटल, समिट होटल, हाम्रो पोख्रेली होटल र ग्रिनसिटी गेष्ट हाउसमा पाँच जना पर्यटकलाई भाग्यमानी पर्यटक घोषित गर्दै सो सुविधाको साथमा सम्मान सहित प्रमाणपत्र वितरण गरी इलामको पर्यटन सद्भावदूतका रुपमा घोषणा हुदा विदेशी पर्यटकले समेत आश्चर्यमा पर्दै इलामसहित नेपालको प्रचार गर्ने बताएका थिए। 

त्यस्तै भ्रमण वर्षलाई सफल बनाउन इलामबाट काठमाडौँ चल्ने सुभेक्षा ट्राभल्सले आजदेखि सात दिनसम्म काठमाडौँबाट इलाम भित्रिने एकजना पर्यटकलाई निःशुल्क इलाम ल्याउने घोषणा गरेको छ । नेपाल भ्रमण वर्ष शुरु भएको पहिलो दिन सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी पर्यटन बर्ष उद्घाटन भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...