News Portal

  • अनलाइनबाटै वैदेशिक रोजगार प्रणाली लागु

    हिमाली संचार संवाददाता
    ४४१ पटक

    काठमाडौं १५, २०७६ पौष : वैदेशिक रोजगार विभागले कामदार विदेश पठाउने सम्बन्धी सबै प्रक्रियालाई पूर्णरुपमा अनलाइन प्रणालीमा लगेको छ। विभागले मागपत्र प्रमाणीकरणदेखि श्रम स्वीकृति जारी गर्नेसम्मका प्रक्रिया अनलाइनबाट गर्न सकिने प्रणाली कार्यान्वयनमा ल्याएको हो।

    बुधबारबाट लागू हुने गरी सिस्टम तयार भएको वैदेशिक रोजगार विभागले जनाएको छ। अब कामदारको लागि श्रम स्वीकृति लिँदा म्यानपावर कम्पनीका प्रनिनिधि र विभागका कर्मचारीबीच भेट नै हुनेछैन।

    विभागमा महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा कामदार लैजाने सबै प्रक्रियालाई पारदर्शी गर्दै लैजाने नीति अनुरुप यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको बताए।

    यसले विभागभित्र मात्रै नभएर दूतावासदेखि म्यानपावर कम्पनीसम्म पनि सुशासन कायम गर्न मद्धत पुग्ने दाबी भुसालको छ। म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व श्रम स्वीकृत पाउन फाइल बोकर विभागको कार्यालयमा आउनुपर्दैन,’ भुसालले भने, ‘अनलाइनबाटै अधिकतम काम गर्न सकिने गरी प्रणाली कार्यान्वयनमा ल्याइएको छ।

    यसले प्रक्रिया छिटो र सरल मात्रै हुँदैन पारदर्शी पनि हुन्छ। यो प्रणालीमा वैदेशिक रोजगारसँग सम्बद्ध सबैजसो निकाय तथा संस्थाहरुलाई जोडिएको छ। वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएफएस)मा जोडिएका निकाय तथा संस्थाले आफ्नो तोकिएका प्रक्रियाहरु अनलाइनमार्फत नै पूरा गर्न सक्छन्।

    यसले वैदेशिक रोजगारको एकीकृत तथ्यांक प्रणाली पनि बन्ने भएको छ। प्रमुख श्रम गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासहरु पनि यसमा समेटिएका छन्।

    यो पूर्ण प्रणाली कार्यान्वयनमा आएपछि दूतावासले मागपत्र प्रमाणीकरण गरेकै दिनमा म्यानपावर कम्पनीले अनलाइनबाट पूर्वस्वीकृतिका लागि प्रक्रिया थाल्न सक्छन्। यसअघिजस्तो म्यानपावर कम्पनीका प्रतिनिधि फाइल बोकेर विभागको ढोका–ढोकामा जानु नपर्ने भुसालले बताए।

    दूतावासबाट प्रमाणित मागपत्र सिस्टममा राखिने भएकाले विभागले चाहेका बेला तत्कालै हेर्न सक्छ। दूतावासमा प्रमाणित भएको मागपत्र नै अन्तिम हुने भएकाले त्यसैअनुरुप पूर्व श्रमस्वीकृति जारी हुन्छ।

    त्यसमा रोजगारदाताले कुनै पनि फेरबदल गर्न सक्ने छैनन्। अहिले प्रमाणित मागपत्रभन्दा फरक कागज बनाएर पूर्व श्रम स्वीकृति लिने चलन ब्याप्त छ।

    अनलाइनबाट पूर्व श्रम स्वीकृति लिएकाले अनलाइनबाटै अन्तरवार्ताको अनुमति लिन सक्छन्। प्रक्रियामा कुनै कागजात अपुग भए वा नमिले विभागले अनलाइनमै सूचना माग्नेछ।

    विभागीय कर्मचारी र म्यानपावर कम्पनीको भेट नहुने भएकाले यसअघिजस्तो मिलेमतोमा अनाधिकृत श्रम स्वीकृति जारी गर्ने जोखिम कम भएको छ। कामदार छनोटपछि अनलाइनबाटै विभागले श्रम स्वीकृति जारी गर्छ। विभागले केही हप्ता अघिबाटै राहदानीमा श्रमको स्टिकर टाँस्ने छैन।

    विभागले श्रम स्वीकृतिको ई–स्किटर पनि अनलाइनमै जारी गर्छ। जसलाई म्यानपावरले प्रिन्ट गरेर लिन सक्छन् भने कामदारको इमेलमा पनि ई-स्टिकर पठाइनेछ।

    यो पद्धतिपछि विमानस्थलमा छुट्टै श्रम डेस्क पनि राख्नु नपर्ने अवस्था सिर्जना हुनेछ। अध्यागमन डेस्कमा जोडिने प्रणालीका राहदानी नम्बर राख्नासाथ श्रम स्वीकृति लिए नलिएको सबै विवरण देखिनेछ।

    त्यसैबाट सीधै अध्यागमन विभागका अधिकारीले प्रणालीबाट श्रम स्वीकृतिको विवरण हेर्न सक्नेछन् र त्यसैअनुरुप निरीक्षण गरेर विदेश उड्ने अनुमति दिन सक्छन्।

    यो प्रणालीमा कामदारदेखि म्यानपावर कम्पनी स्वास्थ्य संस्था, अभिमुखीकरण तालिम केन्द्र, बिमा कम्पनी, बैंकसम्म जोडिएका छन्।

    वैदेशिक रोजगार विभागसहित वैदेशिक रोजगार कार्यालयहरु, अध्यागमन विभाग, राहदानी विभाग, नेपाली दूतावास, कन्सुलर विभाग र वैदेशिक रोजगार बोर्डले पनि यो प्रणालीमा तोकिएका प्रक्रिया तथा सूचनाको पहुँच पाउँछन्।

    ‘हामीले ८५३ वटै म्यानपावर कम्पनीका अनलाइन सिस्टम हेर्ने कर्मचारीलाई पनि यसको तालिम दिँदैछौं,’ उनले भने, ‘जनवरी १ बाट पूर्ण अनलाइन पद्धतिबाट कार्यसम्पादन सुरु हुन्छ।

    यसअघि नै यो प्रणालीको आंशिक प्रयोग सुरु भइसकेको थियो। अब भने मागपत्र प्रमाणीकराणकै प्रक्रियादेखि अनलाइन निगरानी सुरु भएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ५ गतेको राशिफल

    आज असोज ५, २०८२ (सेप्टेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...