News Portal

घर भाडामा बस्नेहरुको अभिलेख राख्न गृह मन्त्रालयद्वारा घर धनीलाई  निर्देशन

हिमाली संचार संवाददाता
३८१ पटक

काठमाडौ — सरकारले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरमा घरभाडामा बस्नेहरुको अभिलेख राख्ने भएको छ ।  गृह मन्त्रालयले घरभाडामा बस्न आउने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम राई र सुरक्षा निकायका प्रमुखहरुको बैठकले भाडामा बस्ने व्यक्तिहरुबाट आपराधिक गतिविधि हुने गरेको भन्दै उनीहरुको अभिलेख राख्ने निर्णय गरेको हो।

‘काठमाडौं उपत्यका लगायत देशका मुख्य-मुख्य सहरी क्षेत्रहरुमा घरभाडामा लिई विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरु गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको प्रयोग गरी विध्‍वंसात्मक एवं अराजक गतिविधि गर्ने गरेको पाइएको हुँदा’, गृहमन्त्रालयको निर्णयमा भनिएको छ, ‘व्यक्ति/संस्था/कार्यालयले घरभाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्ने व्यक्ति/संस्था/कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण/जानकारी एवं छाडेको विवरण र जानकारी स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्‍ने।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...