News Portal

आफू डान्सवार गएको प्रमाणित भए पद छाडछु : प्रमुख धामी

हिमाली संचार संवाददाता
४८० पटक

दार्चुला १५, २०७६ पौष : शैल्यशिखर नगरपालिकाका दार्चुला प्रमुख अमरसिंह धामीलाई प्रहरीले पक्राउ नगरेको स्पष्ट पारेको छ।

सोमवार साँझ महेन्द्रनगरमा रहेको डान्सवार अगाडी भएको झगडामा प्रमुख धामीले आफ्ना कार्यकर्ताको पक्षमा बोल्न आएको र उहाँले दुबै पक्ष मिलेपछि आफ्ना कार्यकर्तालाई लिएर गएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले प्रमुख डान्सवार नगएको र युवतीसंग थिए भन्ने जस्ता समाचार निराधार भएको बिकासटाइम्ससंगको टेलिफोन कुराकानीमा बताए।

उता शैल्यशिखर नगरपालिकाका प्रमुख धामीले आफु डान्सवारमा नगएको बताएका छन। डान्सवार गएको प्रमाणित भएमा पदबाट राजीनामा समेत दिने घोषणा गरेका छन।

उनले आफ्ना साथीहरु डान्सबारमा कुटिएको आफु छोरोसहित उद्धारका लागी डान्सवार अगाडी गएको स्वीकार गरे।घटनास्थल प्रहरी आइसकेको र प्रहरीको रोहवरमा दुबै पक्षलाई मिलापत्र गरेको समेत जानकारी दिए।

प्रमुख धामी नेपाली कांग्रेसबाट दार्चुलाको शैल्य शिखर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...