News Portal

आफू डान्सवार गएको प्रमाणित भए पद छाडछु : प्रमुख धामी

हिमाली संचार संवाददाता
५२८ पटक

दार्चुला १५, २०७६ पौष : शैल्यशिखर नगरपालिकाका दार्चुला प्रमुख अमरसिंह धामीलाई प्रहरीले पक्राउ नगरेको स्पष्ट पारेको छ।

सोमवार साँझ महेन्द्रनगरमा रहेको डान्सवार अगाडी भएको झगडामा प्रमुख धामीले आफ्ना कार्यकर्ताको पक्षमा बोल्न आएको र उहाँले दुबै पक्ष मिलेपछि आफ्ना कार्यकर्तालाई लिएर गएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले प्रमुख डान्सवार नगएको र युवतीसंग थिए भन्ने जस्ता समाचार निराधार भएको बिकासटाइम्ससंगको टेलिफोन कुराकानीमा बताए।

उता शैल्यशिखर नगरपालिकाका प्रमुख धामीले आफु डान्सवारमा नगएको बताएका छन। डान्सवार गएको प्रमाणित भएमा पदबाट राजीनामा समेत दिने घोषणा गरेका छन।

उनले आफ्ना साथीहरु डान्सबारमा कुटिएको आफु छोरोसहित उद्धारका लागी डान्सवार अगाडी गएको स्वीकार गरे।घटनास्थल प्रहरी आइसकेको र प्रहरीको रोहवरमा दुबै पक्षलाई मिलापत्र गरेको समेत जानकारी दिए।

प्रमुख धामी नेपाली कांग्रेसबाट दार्चुलाको शैल्य शिखर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...