News Portal

  • सोदेलकिम एकताको राष्ट्रिय अधिवेशन सम्पन्न, भूपि कोयी राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

    सन्जिब कोयी
    ९४७ पटक

    १४ पौष, २०७६ दमक : “विश्वमा छरिएर रहेका कोयी/कोयु राईहरु एकताबद्ध होऔ, कोयी भाषा, संस्कार र संस्कृतिको संरक्षण गरौ” भन्ने मुलनाराका साथमा किरात कोयी/कोयु राई सोदेल किम एकताको प्रथम राष्ट्रिय अधिवेशन किरात भवन दमक झापा जिल्लामा सोदेलकिमका अध्यक्ष भाषाविद डा. तारामणी कोयी राईको अध्यक्षता आयोजित कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यमा कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।

    अधिवेशनमा बेलायत, हङकङ, अमेरिका, भुटान, भारतसहित नेपालका विभिन्न जिल्लाहरु काठमाण्डौ, भत्तपुर, ललितपुर, धनकुटा, खोटाङ, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ५ सय बढी सहभागी १२० प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको कार्यक्रममा हाल बेलायत निवासी कोयी भाषा अभियन्ता खिलेन्द्र कोयी राईले संकलन गर्नु भएको कोयी/कोयु भाषाको शब्दकोश समेत कार्यक्रम उद्घाटन संगै विमोचन भएको थियो। 

    एकताको प्रथम राष्ट्रिय अधिवेशनमा सोदेलकिमका सल्लाहकार तथा किराया बेलायतका उपाध्यक्ष मेजर योगेश कोयी राई, झापा क्षेत्र नं. ५ बाट निर्वाचित प्रदेश सदस्य सांसद अर्जुन कोयु राई, धनकुटा क्षेत्र नं.२ बाट निर्वाचित सांसद विनादेवि कोयी राई, धनकुटा चौविसे गाउँपालिका प्रमुख खजिन्द्र कोयु राई, यायोक्खा संस्थापक जीतमान राई, यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चााम्लिङ राईको समेतको उपस्थिति रहेको थियो। 

    सोदेलकिमका पूर्वअघ्यक्ष दुर्गा राई, पूर्वअध्यक्ष पदम सुन्दर राई, जेष्टनागरिक मञ्जिल राई चौविसे गाउपालिका प्रमुख खजिन्द्र कोयु राई, राष्ट्रिय बक्सिङ प्रशिक्षक दिपक कोयी राई र मेजर योगेश कोयी राई सम्मानपत्र सहित किराती(फेटा)पगरी शीरमा राखेर सम्मानित भएका थिए। किरात समुदायमा (फेटा) महत्वपूर्ण र विशेष सम्मान मानिन्छ।

    एकताको प्रथम अधिवेशन सफल पार्न किरात राई सोदेल कोयी/कोयु किम हङकङ र किरात राई सोदेल कोयी/कोयु किम बेलायतबाट एक/एक लाख नगद आर्थिक सहयोग गरेर आफ्नो सहभागिता जनाएका थिए। गायक तथा संगीतकार अनिल कोयी राईको नेतृत्वमा सागीतिक प्रस्तुति समेत दिएर कार्यक्रमको रौनकमा चमक भरेका थिए। 

    किरात कोयी/कोयु राई सोदेलकिम झापा जिल्लाको दमक किरात भवनमा आयोजित दुइदिने एकताको प्रथम राष्ट्रिय अधिवेशनले भूपि कोयी राईको अध्यक्षमामा १७ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

    नवगठित अध्यक्ष भूपि कोयी राईको अध्यक्षतामा केन्द्रिय समतिको पहिलो बैठक बस्दै तीनबुदे निर्णय गरेको छ। अध्यक्ष भूपि कोयी राईले आयोजक झापाका सम्पूर्ण ब्याबस्थापन प्रति हार्दिक आभार ब्याक्त गर्दै सोदेलकिम कार्यसमितिको पहिलो बैठकले सदस्य विस्तार गरेर २१ कार्यसमिति बनाउने योजना रहेको जानकारी गराउदै पत्रकार सम्मेलन पत्रकार मञ्च दमकमा  सोदेलकिमले १३ बुदे “दमक घोषणापत्र” सार्वजनिक गरेको हो।

    दमक घोषणा-पत्रमा किरात कोयी/कोयी राईहरुको आफ्ना एकीकृत बंशावली अध्ययन, आगामी राष्ट्रिय जनगणनामा थर लेख्ने, आदिमथलो सुङदेलमा सोदेल-संग्रहालय स्थापना गर्ने, मौलिक सीप, कला, संस्कृति मौलिक पहिचान झल्काउने विषयलाई संरक्षण र प्रवर्द्धन, मुन्दुम शब्दकोश, पाठ्यक्रम तयार गरी पाठ्यपुस्तक, मौलिक महत्वका खोज अनुसन्धान गर्दै अन्तराष्ट्रिय स्तरको भेला आयोजना गर्ने, जन्म-मृत्यु, विबाह, संस्कार, पुजा र चाड लगायतका विभिध विषयमा एकरुपता ल्याउने साथै आगामी कुनै एक सम्मेलन खोटाङको सुङदेलमा गर्ने,प्रदेश-१ लाई किरात प्रदेशको नामाङ्कनका लागि जोडदार माग गर्ने, प्रदेश-१ खोटाङको केपिलासगडी गाउँपालिका वडा नं- ७, सुङदेललाई बिशेष संरक्षित क्षेत्र धोषणा गर्न माग, त्यस्तै, विश्वको विभिन्न भुभागमा छरिएर रहेका कोयी/कोयु राईहरुलाई सामाजिक सञ्जाल मार्फत जोड्ने, सुचना आदान प्रदान गर्ने, सम्पूर्ण कोयी/कोयु राईहरुको लिङ्ग, उमेर, पेशा, शिक्षा र पाछाको लगत संकलन गर्ने लगायदको १३ बुदे दमक घोषणपत्रमा उल्लेख गरिएको छ ।

    पत्रकार सम्मेलनमा नवगठित समितिका महासचिव भीमराज राईले भाषिक, साँस्कृतिक र मौलिक दृष्ट्रिकोणले कोयी/कोयु राईहरु सुसम्पन्न भएको बताए। सोदेलकिमका अध्यक्ष: भूपि कोयी राई (सुनसरी), उपाध्यक्ष: अमृत कुमार कोयू (इलाम), उपाध्यक्ष: शरण कुमार राई (भोजपुर), उपाध्यक्ष: गीतादेबी राई (काठमाण्डौ), महासचिब: भिमराज कोयू (झापा), सचिब: विशाल राई (सुनसरी), कोषाध्यक्ष: शरण कोयू (झापा), सदस्य: भगिन्द्र कोयु (झापा), सदस्यहरु: ध्रुब कोयू (पाँचथर), ज्योती कोयु (ईलाम), नवराज कोयी राई (संखुवासभा), डी.बी.राई (काठमानण्डौ), पदम प्रसाद राई (भोजपुर), लोकराज कोयी राई (सुनसरी), देबी ब. राई (धनकुटा), सतल सिं राई (मोरंग) कार्यक्रम विवेक राईले सञ्चालन गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...