News Portal

सरकारबाट पनि ठगिए किसान

हिमाली संचार संवाददाता
४१७ पटक

काठमाडौँ — श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन् । उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । यी उद्योगले दुईदेखि पाँच वर्षसम्मको भुक्तानी नदिएको उखु उत्पादक महासंघ र चिनी उद्योग संघले बताएका छन् ।

सबैभन्दा बढी रौतहटस्थित श्रीराम सुगर मिलले ४२ करोड रुपैयाँ दिन बाँकी छ । श्रीरामका सञ्चालक हितेश गोल्छा र विशाल अग्रवाल हुन् । हितेश गोल्छा अर्गनाइजेसन र विशाल विशाल ग्रुपका हुन् । श्रीरामले तीन वर्षदेखि बर्सेनि २/३ करोड रुपैयाँ बाँकी राख्दै आएको महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

‘भुक्तानी माग्दा पैसा दिन सक्दैनौं, उद्योग नै बन्द गर्छौं भन्दै आएका छन्,’ उनले भने, ‘किसानलाई घुँडा टेकाउने मात्र काम भयो ।’ अन्नपूर्ण सुगर मिलले किसानको ४० करोड रुपैयाँ दिएको छैन । अन्नपूर्णका सञ्चालक राकेश अग्रवाल हुन् । अन्नपूर्णले भुक्तानी नदिएपछि सर्लाही र रौतहटका करिब डेढ सय किसान यतिबेला राजधानीमा छन् । उनीहरूले संघर्ष समिति गठन गरेर विभिन्न चरणका आन्दोलन गरिरहेका छन् ।

‘किसान साह्रै समस्यामा परे । माइतीघर घेराउ कार्यक्रम सकिएको छ,’ संघर्ष समितिका सचिव हरिश्याम रायले भने, ‘अब अर्को चरणको आन्दोलन थाल्छौं ।’ इन्दिरा सुगर मिलले पनि किसानको १० करोड रुपैयाँ भुक्तानी गरेको छैन । इन्दिराका सञ्चालक पनि राकेश अग्रवाल हुन् । अन्नपूर्ण मिलका राकेश अग्रवाल सम्पर्कविहीन चिनी उद्योगी भएको चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । ‘संघमा सदस्य भए पनि उद्योगले करिब पाँच वर्षदेखि सदस्यता शुल्क तिरेको छैन, हाम्रो सम्पर्कमा पनि छैन,’ उनले भने । दुई वर्षअघि भारत र पाकिस्तानबाट सस्तो चिनी आयात हुँदा यहाँका चिनी मिल धराशायी अवस्थामा पुगेको उनको भनाइ छ ।

‘नेपाली उखु धेरै महँगो छ । आयातित चिनी धेरै सस्तो पर्छ,’ उनले भने, ‘स्वदेशी चिनी बिक्री नहुँदा भुक्तानीमा समस्या भएको हो, जसकारण उद्योग बन्द हुने क्रम बढ्दो छ ।’ लुम्बिनी चिनी कारखानाले किसानलाई १० करोड भुक्तानी नदिएको महासंघले बताएको छ । लुम्बिनी नेपाल सरकारकै उद्योग हो । उक्त मिल मनीष अग्रवालले भाडामा लिई सञ्चालन गरिरहेका छन् । दुई वर्षअघि अग्रवालको निधन भएपछि भुक्तानीमा समस्या भएको महासंघ अध्यक्ष मैनालीले बताए । यीबाहेक महालक्ष्मी सुगर मिलले पनि २० करोड रुपैयाँ भुक्तानी गरेको छैन ।

महालक्ष्मी सुगर मिलका सञ्चालक प्रदेश सांसद वीरेन्द्र कनोडिया हुन् । वाग्मती सुगर मिलले पनि किसानलाई ११ करोड भुक्तानी गरेको छैन । वाग्मतीका सञ्चालक राम थापा र जगदीश अग्रवाल हुन् । ‘भुक्तानीका लागि पटकपटक तोकेता गरे पनि वाग्मतीले केही सुनेन,’ मैनालीले भने, ‘ऋणका कारण किसान निरीह बनेका छन् ।’

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...