News Portal

  • हेर्नुहोस आज २०७६ साल पौष १३ गते आइतबारको राशीफल

    ज्योतिषि गणेश काफ्ले

    हिमाली संचार संवाददाता
    ६७२ पटक

    – सन् २०१९ डिसेम्बर २९ तारिख, नेपाल संवत् ११४०

    मेष – चू,चे,चो,ला,लि,लू,ले,लो,अ
    विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने थप लगानि बढाउने वतावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियालि छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच विश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरिमा पदोन्नति हुनेछ।

    बृष – ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
    अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।

    मिथुन – का,की,कू,घ,ङ,छ,के,को,हा
    सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणकाे ख्याल गर्नुहोला । पढाई लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ।

    कर्कट – ही,हू,हे,हो,डा,डी,डु,डे,डो
    कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवनसाथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ।

    सिंह – मा,मी,मू,मे,मो,टा,टी,टू,टे
    मामा तथा मावलीबाट तपाइको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाइको नाम आउने तथा बिजयको योग रहेकोछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाइ आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ।

    कन्या – टो,पा,पी,पू,ष,ण,ठ,पे,पो
    सन्तान तथा परिवारले तपाइको काममा खासै सहयोग गर्ने छैनन् भने अपाइको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धिहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ।

    तुला – रा,री,रु,रे,रो,ता,ती,तू,ते
    समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरि प्रसन्न हुने समय रहेको छ । माया प्रेममा नचाहाँदा नचाहाँदै मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीसँग तिक्तता बढ्ने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । अरुकै काममा समय खर्चिँदा आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ।

    बृश्चिक – तो,ना,नी,नू,ने,नो,या,यी,यू
    नयाँ काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाईको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाइको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा ईच्छाहरु पुरा गर्न सकिनेछ।

    धनु – ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
    असजिलो परिस्थितिहरुलाई बुद्धिमता पुर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवनसाथीको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारि सभा समारोहका सहभागि भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारित तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ । कुटुम्बसँग कुनै पनि कारोबार गर्दा ध्यान दिनुहोला सामान्य मनमुटाब सिर्जना हुनेछ।

    मकर – भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

    राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवनसाथीको सहयोगले राम्र काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफूतिर लोभ्याउन सकिनेछ।

    कुम्भ – गू,गे,गो,सा,सी,सू,से,सो,दा
    कुनैपनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम तथा अध्ययनको शिलशिलामा विदेश यात्राको गतिलो सम्भावना रहेको छ । विदेशि सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ।

    मीन – दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
    आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नया प्रकृतिको काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नया ठाउबाट प्रेम प्रस्ताब आउनेछ। ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

    काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा...

    एनआरएनए एकताका महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित...

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...