News Portal

शिक्षक निजि घर बनाउन हिडेपछि विद्यार्थीको पढाइ भद्रगोल

हिमाली संचार संवाददाता
६२१ पटक

रिदम सिंह,
बझाङ १२, २०७६ पौष :  विद्यालयका शिक्षक पढाउन छोडेर सदरमुकाम चैनपुरमा घर बनाउन व्यस्त छन्। विद्यालयका शिक्षक पढाउन छोडेर निजी घर निर्माण गर्न थालेपछि विद्यालयको पठनपाठन कार्य बन्द भएको छ।

बझाङको साइपाल गाउँपालिका वडा नम्बर २ रहेका जनज्योती प्राथमिक विद्यालय १ साता देखि बन्द भएको छ। विद्यालयमा २ जना मात्रै शिक्षकको दरबन्दी छ तर विद्यालयमा अध्ययन गराउँदै आएका शिक्षक जस्विर बोहरा सदरमुकाम चैनपुरमा एक महिना देखि घर बनाउन थालेपछि विद्यालयको पठनपाठनमा समस्या भएको हो।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक दीपक रोकाया पनि गाउँपालिका स्तरीय खेलकुद कार्यक्रमका लागि भन्दै खेलकुद सामग्री खरिदका लागि सदरमुकाम चैनपुर आएपछि एक साता देखि विद्यालय बन्द भएको छ।

दुई जना शिक्षक र ५५ जना विद्यार्थी संख्या भएको उक्त जनज्योती प्राथमिक विद्यालयमा शिक्षकहरु पढाउन छोडेर चैनपुर आएपछि एक सातादेखि विद्यार्थीहरु अध्ययन गर्नबाट बञ्चित भएको स्थानीय बसन्त बोहराले बताए।

शिक्षक जस्विर बोहरा साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पना बोहराका श्रीमान भएकाले पनि उनले विद्यालयलाई थोरै समय मात्र उपस्थित हुने गरेका छन्। यसरी पावर र पहुँचको आडमा रही विद्यार्थीहरुको भविश्य माथि खेलवाड गरी रहेको स्थानीयको आरोप छ।

उनीहरु भन्छन २ महिनासम्म विद्यार्थीहरु पढाउन छोडेर सदरमुकाम चैनपुरमा घर बनाउन व्यस्त छन। श्रीमति उपाध्यक्ष भएपछि शिक्षक बोहराले कसैले भनेको वास्ता पनि गर्दैनन्।

यता गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिताका लागि आवश्यक सामग्री खरिद गर्न आफु सदरमुकाम चैनपुर आउँदा विद्यालय बन्द गर्नु परेको जनज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक दीपक रोकायाले बताए।

२ जना शिक्षक मात्र छौँ सदरमुकाम चैनपुरमा आवश्यक काम पर्याे भने विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ प्रधानाध्यापक रोकायाले बताए।

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...