News Portal

शिक्षक निजि घर बनाउन हिडेपछि विद्यार्थीको पढाइ भद्रगोल

हिमाली संचार संवाददाता
५८० पटक

रिदम सिंह,
बझाङ १२, २०७६ पौष :  विद्यालयका शिक्षक पढाउन छोडेर सदरमुकाम चैनपुरमा घर बनाउन व्यस्त छन्। विद्यालयका शिक्षक पढाउन छोडेर निजी घर निर्माण गर्न थालेपछि विद्यालयको पठनपाठन कार्य बन्द भएको छ।

बझाङको साइपाल गाउँपालिका वडा नम्बर २ रहेका जनज्योती प्राथमिक विद्यालय १ साता देखि बन्द भएको छ। विद्यालयमा २ जना मात्रै शिक्षकको दरबन्दी छ तर विद्यालयमा अध्ययन गराउँदै आएका शिक्षक जस्विर बोहरा सदरमुकाम चैनपुरमा एक महिना देखि घर बनाउन थालेपछि विद्यालयको पठनपाठनमा समस्या भएको हो।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक दीपक रोकाया पनि गाउँपालिका स्तरीय खेलकुद कार्यक्रमका लागि भन्दै खेलकुद सामग्री खरिदका लागि सदरमुकाम चैनपुर आएपछि एक साता देखि विद्यालय बन्द भएको छ।

दुई जना शिक्षक र ५५ जना विद्यार्थी संख्या भएको उक्त जनज्योती प्राथमिक विद्यालयमा शिक्षकहरु पढाउन छोडेर चैनपुर आएपछि एक सातादेखि विद्यार्थीहरु अध्ययन गर्नबाट बञ्चित भएको स्थानीय बसन्त बोहराले बताए।

शिक्षक जस्विर बोहरा साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पना बोहराका श्रीमान भएकाले पनि उनले विद्यालयलाई थोरै समय मात्र उपस्थित हुने गरेका छन्। यसरी पावर र पहुँचको आडमा रही विद्यार्थीहरुको भविश्य माथि खेलवाड गरी रहेको स्थानीयको आरोप छ।

उनीहरु भन्छन २ महिनासम्म विद्यार्थीहरु पढाउन छोडेर सदरमुकाम चैनपुरमा घर बनाउन व्यस्त छन। श्रीमति उपाध्यक्ष भएपछि शिक्षक बोहराले कसैले भनेको वास्ता पनि गर्दैनन्।

यता गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिताका लागि आवश्यक सामग्री खरिद गर्न आफु सदरमुकाम चैनपुर आउँदा विद्यालय बन्द गर्नु परेको जनज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक दीपक रोकायाले बताए।

२ जना शिक्षक मात्र छौँ सदरमुकाम चैनपुरमा आवश्यक काम पर्याे भने विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ प्रधानाध्यापक रोकायाले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...