News Portal

गायक रामकृष्ण ढकालले पत्नी निलम शाहसँग सम्बन्ध विच्छेद गरे

हिमाली संचार संवाददाता
४०५ पटक

काठमाडौँ: चर्चित गायक रामकृष्ण ढकालको पत्नी निलम शाहसँग सम्बन्ध विच्छेद भएको छ । मंगलवार निलमले अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिए संगै रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा कानुनी रुपमा सम्बन्ध विच्छेद भएको हो।
जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएपछि न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैको सहमति अनुसार अलग हुने फैसला सुनाएको हो। निलमले मंगलबार निवदेन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालत समक्ष बताएसंगै यो सुनुवाई भएको हो।
श्रेस्तेदार श्रेष्ठका अनुसार दम्पतिकी छोरी आमा निलमसँगै रहनेछन्। लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण यो दम्पति केही समयदेखि तनावमा थियो। श्रेष्ठका अनुसार निलमले ढकालबाट अंश नलिने पनि अदालतसामू स्पष्ट बताएकी छिन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...