News Portal

  • शेयर गर्नुहोस आज २०७६ पुस ९ गते बुधबारको राशीफल

    हिमाली संचार संवाददाता
    ५८६ पटक

    सन् २०१९ डिसेम्बर २५ तारीख, नेपाल संवत ११४०


    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। बाध्यताले अलमल्याउन सक्छ। हानि-नोक्सानी र चोटपटकको योग देखिएकाले अलि सजग रहनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    हडबडले काम बिग्रनेछ भने धैर्य एवं मिहिनेतले मात्र फाइदा उठाउन सकिनेछ। वादविवादमा अघि नसर्नुहोला। अतिथिका रूपमा सम्मान पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ। साँझतिर भने चोटपटकजस्ता आकस्मिक समस्याले सताउन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। साँझतिर रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    समयमा लगनशील बन्न नसक्ता केही पछि परिएला। छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउन सक्छ। व्यवहारमा फाइदा लिनेहरूले अन्त्यमा धोका दिनेछन्। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। बलभन्दा बुद्धिको उपयोगले धेरै फाइदा उठाउन सकिनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप बढ्नेछ भने चौपायामा केही समस्या देखिने समय छ। साँझतिर घरायसी समस्या देखापर्नेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। अर्थ अभावले काम रोकिने सम्भावना छ। आत्मसम्मानमा चोट पुग्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले फाइदा उठाउन सफल भइनेछ। सहयोगीहरूको साथ जुट्नेछ भने दिगो फाइदा हुने काम थालनी हुनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सफलताले उत्साह जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। साँझतिर आर्थिक कारोबारबाट हानि हुन सक्छ। वादविवादमा परिने योग भएकाले व्यवहारमा सजग रहनुपर्ला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। खर्च बढ्नाले आर्थिक अभाव देखा पर्ला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। साँझदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। चिताएको काम बन्नेछ भने स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। लाभांश बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर अत्यधिक खर्च बढ्नाले आर्जित रकम सञ्चय गर्न नसकिएला। समयमा होस नपुर्याउँदा अर्थ अभावले सताउनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    केही अवरोध भए पनि प्रयत्न गर्दा कर्मको उचित प्रतिफल पाइनेछ। छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। प्रतिष्ठित काम शुभारम्भ गर्ने मौका छ। विशेष अवसरले दैनिकीमा परिवर्तन ल्याउनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साँझतिर मनग्गे धनलाभ पनि हुनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। चुनौतीपूर्ण कामको दायित्व लिनाले केही समस्या आउन सक्छन्। अरूको मन जित्ने प्रयास गर्नुहोला, साँझदेखि पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। तर विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। प्रयत्न गर्दा व्यापार बढ्नेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १७ गतेको राशिफल

    आज साउन १७, २०८२ (अगस्त २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गरिब परिवारको दुखमा केही राहत वितरण गरियो

    रबिन्द्र बराल/ मोरङ, साउन १६ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अइलानी जग्गामा...

    लिरिका क्याप्सुल भएको ढुवानी तस्करी गर्ने प्रयास असफल

    कुवेत, साउन १६  — कुवेत भन्सारले लागूऔषध नियन्त्रण सामान्य विभागसँगको सहकार्यमा २७१,४०० लिरिका क्याप्सुल समेटिएको...

    सिन्धुलीमा सालको रुख ढल्दा दुई बालबालिकाको ज्यान गयो, तीन घाइते

    सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो भयावह दुर्घटना भयो। एकसाथ वर्षा...

    लागू औषधमुक्त राष्ट्रको दिशामा सरकारले लिएको गति: गृहमन्त्री लेखक

    काठमाडौं, साउन १६ – गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधको भयावहता मुक्त बनाउने स्पष्ट अभिमुखीकरणका...