News Portal

  • अब अनलाइनबाटै श्रमस्वीकृति

    हिमाली संचार संवाददाता
    ४७५ पटक

    होम कार्की
    काठमाडौँ ०७, २०७६ पौष : वैदेशिक रोजगार विभागले मागपत्र प्रमाणीकरणदेखि कामदार छनोट प्रक्रियासम्मका काम अनलाइन प्रणालीबाटै हुन थालेको छ। यो प्रणाली कार्यान्वयनपछि कामदारको श्रमस्वीकृति प्रक्रियामा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि र विभागका कर्मचारीबीच भेट गर्नै नपर्ने भएको छ।

    विभागका महानिर्देशक भीष्मकुमार भुसालले मागपत्र प्रमाणीकरण र कामदार छनोट प्रक्रियालाई पारदर्शी बनाउन र विभागलाई भ्रष्टाचारमुक्त बनाउन अनलाइन प्रणाली अलम्बन गरिएको बताए।

    अब पूर्वश्रमस्वीकृति र अन्तिम श्रमस्वीकृतिका लागि वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि हाम्रो कार्यालयमा धाइराख्नुपर्दैन। सबै काम अनलाइनबाटै हुन्छ,’ उनले भने।

    विभागले वैदेशिक रोजगारको क्षेत्रलाई पारदर्शी ढंगले सबै सरोकारवाला निकाय जोडिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएफएस) बनाएको छ। त्यसमा प्रमुख गन्तव्यस्थित नेपाली दूतावासलाई जोडिएको छ।

    आइतबारसम्ममा यो प्रणालीमा संयुक्त अरब इमिरेट्स, कुवेत र मलेसियास्थित नेपाली दूतावासमात्रै जोडिएका छन्। ओमन, साउदी अरब, कतार र बहराइनस्थित नेपाली दूतावासलाई प्रणालीमा जोड्न पत्राचार गरिसकेको महानिर्देशक भुसालले बताए।

    ‘ती दूतावास प्रणालीमा आउँछन्,’ उनले भने, ‘परराष्ट्र र श्रम मन्त्रालय मिलेर दूतावास र विभागबीचको कार्यक्षेत्र स्पष्ट तोकिएको छ। यसबाट समन्वय र क्षेत्राधिकारमा अलमल हुँदैन।

    यो प्रक्रियामा गएपछि रोजगारदाताले छोटो समयमै कामदार पाउने विभागको विश्वास छ। ‘दूतावासले मागपत्र प्रमाणीकरण गरेकै दिन विभागबाट पूर्वश्रमस्वीकृति मिल्छ,’ महानिर्देशक भुसालले भने, ‘सक्कली फाइल पर्खेर बस्न आवश्यक छैन।

    उनका अनुसार रोजगारदाताले पेस गरेको मागपत्रलाई नेपाली दूतावासले प्रमाणीकरण गरेपछि सूचना प्रणालीमा अपलोड गर्छ। दूतावासले अपलोड गरेको कागजातमा वैदेशिक रोजगार व्यवसायीले सच्याउन वा हेरफेर गर्न मिल्दैन।

    थप केही कागजात भए विभागलाई पठाउन सक्छन्। ‘विभागले पूर्वश्रमस्वीकृति दिई अन्तर्वार्ताको प्रक्रिया अघि बढाउन अनुमति दिन्छ,’ महानिर्देशक भुसालले भने, ‘विभागले पूर्व वा अन्तिम श्रमस्वीकृतिका लागि केही नमिले अनलाइनबाटै लेखेर सूचना जारी गर्छ।

    भुसालले यो प्रक्रिया पूर्ण रूपमा पारदर्शी भएको बताए। ‘कागजात वा विवरण थप माग्नुपरे अनलाइनमै लेखेर पठाइन्छ। यसमा कसैले चलखेल गर्न सक्तैन। वैदेशिक रोजगार व्यवसायी र कर्मचारीबीच कुनै प्रकारको सम्बन्ध हुँदैन,’ उनले भने।

    म्यानपावर कम्पनीले कामदारको भर्ना प्रक्रिया सकेपछि विभागले अनलाइनबाटै श्रमस्वीकृति प्रदान गर्छ। अब पहिलाजस्तो राहदानीमा श्रम स्टिकर टाँसिँदैन,’ भुसालले भने, ‘हामीले दिने ई–श्रम स्टिकर म्यानपावर कम्पनीले आफ्नै लग इनबाट प्रिन्ट गर्न सक्छन्।

    उनले वैदेशिक रोजगार विभाग र अध्यागमन विभागबीच समन्वय भएकाले विमानस्थलमा रहेको श्रम डेस्क पनि छिट्टै हट्ने बताए। उनका अनुसार अध्यागमनका अधिकृतले राहदानी नम्बर ‘इन्ट्री’ गर्नासाथ श्रमस्वीकृति लिए वा नलिएको थाहा हुन्छ।

    सूचना प्रणालीमा बैंक, म्यानपावर कम्पनी, स्वास्थ्य संस्था, अभिमुखीकरण तालिम केन्द्र, बिमा कम्पनी, कामदार, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, अध्यागमन विभाग, नेपाली दूतावास, कन्सुलर विभाग र वैदेशिक रोजगार बोर्ड जोडिएका छन्।

    वैदेशिक रोजगार व्यवसायीले यो व्यवस्थाले आर्थिक चलखेल रोकिने बताएका छन्। ‘व्यवसायीले उठाउँदै आएको मुख्य मागलाई विभागले सम्बोधन गरेको छ।

    यसले समयको बचतसमेत हुन्छ,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले भने, ‘अब रोजगारदाता कम्पनी मागपत्र प्रमाणीकरणका लागि दूतावासमै पुग्नुपर्ने झन्झट अन्त्य हुनुपर्छ। महानिर्देशक भुसालले रोजगारदाता कम्पनी नेपाली दूतावास जानु नपर्ने गरी प्रणालीमा अपडेट गर्ने तयारी भइरहेको बताए।

    अनलाइनबाटै कम्पनीले चाहेको म्यानपावरबाट कामदार लिने गरी मागपत्र प्रमाणीकरण गर्न दूतावासमा आवेदन दिन सकिने व्यवस्था गरिनेछ,’ उनले भने, ‘यसका लागि दूतावाससँग समन्वय भइरहेको छ। मलेसियामा गएर हामीले अध्ययन गरिसकेका छौं। अन्य गन्तव्य मुलुकमा समेत अध्ययन गर्न छिट्टै जाँदैछौं।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...