News Portal

बसले विद्यार्थीलाई ठक्कर दिदा चावहिल क्षेत्र तनावग्रस्त, गाडीमा आगजनी

हिमाली संचार संवाददाता
५७७ पटक

जगन्‍नाथ दुलाल
काठमाडौं ०७, २०७६ पौष : काठमाडौंको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ। पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई सोमबार बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका थिए। घाइते पन्तको अहिले उपचार भइरहेको छ।

बा ४ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो। ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए।

प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अर्को गाडीमा तोडफोड। विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जानकारी दिएको छ।

पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई ठक्कर दिएपछि क्याम्पसका विद्यार्थीहरुले अर्को गाडीमा आगजनी गरेका थिए। अहिले आगो पूर्ण नियन्त्रणमा लिइएको छ भने व्यापक प्रहरी परिचालन गरिएको छ।

विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन्। अहिले पनि अवस्था भने तनावग्रस्त छ। प्रहरीले पशुपति क्याम्पस वरपर ठुलाे सँख्यामा प्रहरी परिचालन गरेकाे छ।

प्रहरी र विद्यार्थीबीच केहीबेर झडप समेत भएकाे थियाे र, साे क्रममा केही विद्यार्थी घाइते भएकाे पशुपति क्याम्पसका विद्यार्थी नेता करूणासागर सिग्देलले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...