News Portal

भारतीय पक्षको अवरोधका कारण मोहना नदीमा तटबन्ध निर्माणमा रोक

हिमाली संचार संवाददाता
५७१ पटक

गणेश चौधरी
टीकापुर ०६, २०७६ पौष : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डाको मोहना नदीमा तटबन्ध निर्माणमा रोक लगाएको छ। भारतीय भूमिमा परेको भन्दै एसएसबीले तटबन्ध निर्माण कार्यमा रोक लगाएको हो।

राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिचाईं आयोजनाले नदी नियन्त्रणका लागि ७ सय ५० मिटर तटबन्ध गर्न रमन स्काई जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। भारतीय पक्षको अवरोधका कारण झण्डै ५० मिटर तटबन्ध निर्माण कार्य प्रभावित हुने भएको छ।

निर्माण कम्पनीका धिरेन्द्र शाहीले भने, ‘हामीलाई आयोजनाले नेपालको भू–भाग भनेर साइट देखाएको थियो। भारतीयले भारतीय भूमि भनेर निर्माणमा रोक लगाए।

टीकापुर नगरपालिका–७ का अध्यक्ष रामलाल डगौंरा थारुले १०८ नम्बर पिलर मोहना नदीले बगाएकाले समस्या आएको बताए। उनले भने, ‘पिलर नभएकोले भारतीयले आफनो भूमि भएको दाबी गरेको हो।

१०७ र १०९ लाई सिधा हिसाब लगाउँदा समस्या देखिएको छ। १०७ र १०८ लाई सिधा पार्दा यो नेपालमै पर्छ। सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक चन्द्रदेव भट्टले शुक्रबार भारतीय सीमा सुरक्षा बलका प्रहरी जवानले काम गर्न अवरोध गरेका र आइतबार छलफल गरिने बताए।

उनले भने, ‘उनीहरुले नो मेन्स ल्यान्डको जिरोतिर आएको भनेर अवरोध गरेका रहेछन्। भोलि दुवै पक्षका अधिकारी बसेर समस्या हल गर्ने कुरा भएको छ। मोहना नदीले धार परिवर्तन गर्ने र सीमा स्तम्भ बगाउने गरेका कारण समय समयमा सीमा विवाद आउने गरेको छ।

कैलालीजिल्लामा पर्नेनेपाल भारत सिमा क्षेत्रको अधिकांश सीमा स्तम्भ मोहना नदीको कटान तथा डुबानका कारण हराउँदै गएका छन्। स्थानीयका अनुसार सीमा क्षेत्रमा रहेको मोहना नदीले सीमा स्तम्भ बगाउनुका साथै पुरिदिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...