News Portal

भारतीय पक्षको अवरोधका कारण मोहना नदीमा तटबन्ध निर्माणमा रोक

हिमाली संचार संवाददाता
५३३ पटक

गणेश चौधरी
टीकापुर ०६, २०७६ पौष : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डाको मोहना नदीमा तटबन्ध निर्माणमा रोक लगाएको छ। भारतीय भूमिमा परेको भन्दै एसएसबीले तटबन्ध निर्माण कार्यमा रोक लगाएको हो।

राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिचाईं आयोजनाले नदी नियन्त्रणका लागि ७ सय ५० मिटर तटबन्ध गर्न रमन स्काई जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। भारतीय पक्षको अवरोधका कारण झण्डै ५० मिटर तटबन्ध निर्माण कार्य प्रभावित हुने भएको छ।

निर्माण कम्पनीका धिरेन्द्र शाहीले भने, ‘हामीलाई आयोजनाले नेपालको भू–भाग भनेर साइट देखाएको थियो। भारतीयले भारतीय भूमि भनेर निर्माणमा रोक लगाए।

टीकापुर नगरपालिका–७ का अध्यक्ष रामलाल डगौंरा थारुले १०८ नम्बर पिलर मोहना नदीले बगाएकाले समस्या आएको बताए। उनले भने, ‘पिलर नभएकोले भारतीयले आफनो भूमि भएको दाबी गरेको हो।

१०७ र १०९ लाई सिधा हिसाब लगाउँदा समस्या देखिएको छ। १०७ र १०८ लाई सिधा पार्दा यो नेपालमै पर्छ। सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक चन्द्रदेव भट्टले शुक्रबार भारतीय सीमा सुरक्षा बलका प्रहरी जवानले काम गर्न अवरोध गरेका र आइतबार छलफल गरिने बताए।

उनले भने, ‘उनीहरुले नो मेन्स ल्यान्डको जिरोतिर आएको भनेर अवरोध गरेका रहेछन्। भोलि दुवै पक्षका अधिकारी बसेर समस्या हल गर्ने कुरा भएको छ। मोहना नदीले धार परिवर्तन गर्ने र सीमा स्तम्भ बगाउने गरेका कारण समय समयमा सीमा विवाद आउने गरेको छ।

कैलालीजिल्लामा पर्नेनेपाल भारत सिमा क्षेत्रको अधिकांश सीमा स्तम्भ मोहना नदीको कटान तथा डुबानका कारण हराउँदै गएका छन्। स्थानीयका अनुसार सीमा क्षेत्रमा रहेको मोहना नदीले सीमा स्तम्भ बगाउनुका साथै पुरिदिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...