आज : २०२६-०६-१४, आइतबार

कालिकोटमा समयमै अस्पताल नपुग्दा सुत्केरी महिलाको अकालमै ज्यान गयो

खगेन्द्र बुढा/कालिकोट ०३, २०७६ पौष : जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ९ चौथा निवासी तेज बहादुर दर्जीको २८ वर्षिया श्रीमती पार्वती दर्जीको बुधबार सुत्केरी हुन नसकी अकालमै ज्यान गएको हो।
दुई सन्तान १ छोरा १ छोरीको आमा बनिसकेकी पार्वतीलाई सुत्केरी व्यथा लाग्ने वित्तिकै नजिकैको स्वास्थ्य चौकी लालुमा पुर्याइएको थियो तर पार्वतीको अवस्था जटिल भएपछि मसिर ३० गते नै  स्वास्थ्य चाैकी लालुमा भर्ना गरिएकाे थियाे। स्वास्थ्य चाैकी लालुले जिल्ला अस्पतालमा रिफर गरेकाे थियाे।

जिल्ला अस्पतालबाट १२ कोष टाढा रहेको नरहरिनाथ गाउँपालिकाको वडा नं ९ सडकको पहँचबाट टाढा र भौगोलिक विकटताका कारण यस्ता बर्षेनी दर्जनौं दुःखत् तथा अप्रत्यासित घटनाहरु भोग्नु परिरहेको सोही वडा निवासी तथा रुपादेवी आधारभुत विद्यालका प्रधानाध्यापक चिन्तन नेपालीले बताए।

उनका अनुसार ‟घरपरिवार तथा गाउँलेले स्टेचर मार्फत जिल्ला अस्पाताल लैजाने तयारीमा थियाे तर सुत्केरी व्यथा झन जटिल भई उहाँको निधन भएको हो। उता प्रहरी चौकी खुलालुका इन्चार्ज ऋषिराम दाहालका अनुसार ‟हामीलाई स्थानीयहरुले जानकारी नै दिएनन् यदी समयमै जानकारी भए सरकारबाट गर्भवती तथा सुत्केरी महिलाहरुका लागि व्यवस्था गरेको हेलिकप्टर सेवालाई तुरुन्तै सम्बन्धित निकायमा हेलिकप्टरको लागि पहल गर्ने थियौ।”

मृतक पार्वतीको माईतीघर अछामको भानाकोट भएकोले निज मृतकका बुवा आमा तथा आफन्तजन् आएपछि मात्र विधिपूर्वक अन्तिम दाहसंस्कार गरिने स्थानीय जनप्रतिनीधि जगत दर्जीले जानकारी दिए।

आकस्मिक विरामी गर्भवती/सुत्केरी महिला अस्पातल पुग्न नपाउँदै अकालमै आफ्नो ज्यान गुमाउनु पर्ने कर्णालीका महिलाहरुका लागि नौलो नभएको र सुविधायुक्त स्तरीय अस्पतालको अभाव र सडकको पहँच पुग्न नसक्दा यस्ता दैनिक जसो घट्ने घटनाहरु कर्णाली बासीका लागि अभिषाप नै बन्न पुगेको छन्।