News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • शेयर गर्नुहोस आज वि.सं. २०७६ साल पुस २ गते बुधबार, सन् २०१९ डिसेम्बर १८ तारिखको राशीफल

    ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    हिमाली संचार संवाददाता
    ४६३ पटक

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा अलि कमजोर देखिनेछ। तापनि मिहिनेतले परिस्थिति अनुकूल बनाउन सकिनेछ। प्रयत्न गर्दा टाढिएका सहयोगी समेत काममा फर्किनेछन्। अध्ययनमा प्रगति हुनेछ। विशेष सहुलियत, आरक्षण, छात्रवृत्ति आदिको सुविधा प्राप्त गर्न सकिनेछ। विज्ञको मार्गदर्शन पाइनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। तारिफयोग्य कामले मानसम्मान दिलाउनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। वादविवादको समय रहेकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। कामको सन्दर्भमा मान्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। तापनि, धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ, विवेकले काम लिने प्रयत्न गर्नुहोला।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आँटले काम लिन नसक्दा अरूले फाइदा उठाउन सक्छन्। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ काममा तत्काल जुट्न नसकिएला। आत्मविश्वास कमजोर हुनेछ। अद्यावधिक सूचनाको अज्ञानताले पनि पछि परिएला। आगन्तुकले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। तापनि मेहनत गर्दा छिट्टै लाभ उठाउन सकिनेछ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ। प्रयत्न गर्दा सरसापट भने पाइनेछ। लामो यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। धनको उपयोगबाट पनि फाइदै हुनेछ। दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि सामान्य सफलता मिल्नेछ। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा भने हुनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ। तापनि, मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूका काममा धेरै समय खर्चनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न हुनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक कामले यात्राको अवसर दिलाउन सक्छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।

    प्रतिकृया दिनुहोस्

    इमाडोलमा अचेत अवस्थामा फेला परेका युवकको अस्पतालमा मृत्यु

    ललितपुर, वैशाख ३० – ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा...

    मध्यरातमा मापसे गर्दै सहचालकले चलाएको बस पक्की घरमा ठोक्कियो, भक्तपुरमा ठुलो क्षति

    काठमाडौं, वैशाख ३० – शनिबार राति करिब २ बजे भक्तपुरको मध्यपुरथिमी नगरपालिका–९ स्थित निकोसेरामा एक...

    घोराहीमा लागुऔषधसहित दुई जना पक्राउ, अनुसन्धान जारी

    दाङ, वैशाख ३० – दाङको घोराहीमा लागुऔषधसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागुऔषध दुव्र्यसनी नियन्त्रण...

    गिरुवारी खोलाको पुल भाँचिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटोबाट सवारी सञ्चालन

    नवलपुर, वैशाख ३० — पूर्व–पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत नवलपुरको चोरमारास्थित गिरुवारी खोलामा...

    आजको राशिफल

    आज वैशाख ३०, २०८२ (मे १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...