News Portal

खोटाङमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना

हिमाली संचार संवाददाता
४४७ पटक

खोटाङ -हामी निरन्तर अघि बढिरहेका छौँ´ भन्ने मूल नारासहित अघि बढेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारमा सामुदायिक मेलमिलाप केन्द्रकाे स्थापना गरिएको छ । केन्द्रको शुभारम्भ उपमेयर विमला राईले गर्नुभएको हो ।

स्थानीय स्तरमा हुने गरेका विविन्न समस्याहरूलाई स्थानीयस्तरमै समाधान गर्न नेपालको संविधानले दिएको अधिकारलाई अझ मजबुत र प्रभावकारी बनाउन सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गरिएको हतुनपा ६ मंगलटारका वडा अध्यक्ष रमेशकुमार राउतले जानकारी दिए । स्थानीय सिताराम बस्नेत, कुमार बस्नेत र यमकुमार आलेलाई मेलमिलापकर्ताको रूपमा तालिमसमेत प्रदान गरिसकिएको छ । मंगलटारमा नगरपालिकाकी उपमेर विमला राईको प्रमुख आतिथ्यमा एकसाथ विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालमा मेलमिलाप हुनेसम्मका देवानी प्रकृतिका विवादहरु मेलमिलाप केन्द्रमार्फत समाधान गर्ने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन २०६८ प्रचलनमा छ । मेलमिलापकर्ता चयन, तालिम सञ्चालनलगायतका काम गर्नका लागि सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा मेलमिलाप परिषद गठन गरिएको छ । २५ वर्ष पूरा भएको, स्नातक उतीर्ण, नैतिक पतन नभएको र होस ठेगानमा रहेको व्यक्तिले तोकिएको तालिम लिएर मेलमिलापकर्तामा सूचीकृत हुन सक्ने व्यवस्था ऐनमा गरिएको छ ।

त्यस्तै गरी स्थानीय महिला र छात्राहरूका लागि ५० थान घरेलु स्यानिटरी प्याड वितरण गरिनुका साथै शर्मिला बस्नेतको अध्यक्षतामा २५ सदस्यीय बाल समूहसमेत गठन गरिएको छ ।

त्यस्तै गरी वडाका नागरिकहरूको स्वास्थ्यलाई ख्याल गर्दै सञ्चालन गरिएको आँखा शिविरमा एक सय ११ जना स्थानीयले आँखा जाँच गरेका छन् । सोही कार्यक्रममा १७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको उपप्रमुख विमला राईले बताउनुभएको छ । साथै उहाँले कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै उनिहरूप्रति आभारसमेत व्यक्त गर्नुभएको छ ।

सोही कार्यक्रममा । क्षयरोग प्रशिक्षण शिविर पनि सञ्चालन गरिएको थियो । उक्त क्षयरोग परीक्षणसम्बन्धी शिविरमा ६१ जनाले सहभागिता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...