News Portal

खोटाङमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना

हिमाली संचार संवाददाता
४०९ पटक

खोटाङ -हामी निरन्तर अघि बढिरहेका छौँ´ भन्ने मूल नारासहित अघि बढेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारमा सामुदायिक मेलमिलाप केन्द्रकाे स्थापना गरिएको छ । केन्द्रको शुभारम्भ उपमेयर विमला राईले गर्नुभएको हो ।

स्थानीय स्तरमा हुने गरेका विविन्न समस्याहरूलाई स्थानीयस्तरमै समाधान गर्न नेपालको संविधानले दिएको अधिकारलाई अझ मजबुत र प्रभावकारी बनाउन सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गरिएको हतुनपा ६ मंगलटारका वडा अध्यक्ष रमेशकुमार राउतले जानकारी दिए । स्थानीय सिताराम बस्नेत, कुमार बस्नेत र यमकुमार आलेलाई मेलमिलापकर्ताको रूपमा तालिमसमेत प्रदान गरिसकिएको छ । मंगलटारमा नगरपालिकाकी उपमेर विमला राईको प्रमुख आतिथ्यमा एकसाथ विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालमा मेलमिलाप हुनेसम्मका देवानी प्रकृतिका विवादहरु मेलमिलाप केन्द्रमार्फत समाधान गर्ने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन २०६८ प्रचलनमा छ । मेलमिलापकर्ता चयन, तालिम सञ्चालनलगायतका काम गर्नका लागि सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा मेलमिलाप परिषद गठन गरिएको छ । २५ वर्ष पूरा भएको, स्नातक उतीर्ण, नैतिक पतन नभएको र होस ठेगानमा रहेको व्यक्तिले तोकिएको तालिम लिएर मेलमिलापकर्तामा सूचीकृत हुन सक्ने व्यवस्था ऐनमा गरिएको छ ।

त्यस्तै गरी स्थानीय महिला र छात्राहरूका लागि ५० थान घरेलु स्यानिटरी प्याड वितरण गरिनुका साथै शर्मिला बस्नेतको अध्यक्षतामा २५ सदस्यीय बाल समूहसमेत गठन गरिएको छ ।

त्यस्तै गरी वडाका नागरिकहरूको स्वास्थ्यलाई ख्याल गर्दै सञ्चालन गरिएको आँखा शिविरमा एक सय ११ जना स्थानीयले आँखा जाँच गरेका छन् । सोही कार्यक्रममा १७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको उपप्रमुख विमला राईले बताउनुभएको छ । साथै उहाँले कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै उनिहरूप्रति आभारसमेत व्यक्त गर्नुभएको छ ।

सोही कार्यक्रममा । क्षयरोग प्रशिक्षण शिविर पनि सञ्चालन गरिएको थियो । उक्त क्षयरोग परीक्षणसम्बन्धी शिविरमा ६१ जनाले सहभागिता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...