News Portal

महिलाहरूले लगाएको मेलामा महिलाकै उपस्थिती न्युन , तेश्रो दिन आइपुग्दा महोत्सव सुनसान

हिमाली संचार संवाददाता
४०६ पटक

तेजबहादुर बन/इटहरी : नेपालीहरूको मान पर्व बडा दशै दिपावली छैठ सकिए लगत्तै बिभिन्न सहरहरूमा मेला एवम महोत्सव लाग्न सुरू हुन्छ। प्रदेश एकका बिभिन्न जिल्लाहरू अहिले महोत्सवमय बनेको छ। त्यसो त जाडौ मौसम महोत्सवको लागि उत्तम पनि मानिन्छ।

राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड प्रस्तुती , स्थानीय स्तरमा उत्पादन भएका सामानहरूको प्रवर्दन तथा आवस्यकिय सामग्रीहरूको बिक्रि बितरणकै लागि भए पनि आन्तरीक पर्यटकहरू महोत्सव सम्म पुग्ने गर्दछन तर सुनसरीको इटहरीमा लागेको महोत्सवमा भने त्यस्तो देखिएको छैन।

नेपाल उद्यमशिल महिला महासंघ सुनसरीले इटहरीमा पहिलो पटक लगाएको उद्यमि मेला अन्तरगत तेश्रो दिन आइपुग्दा आन्तरिक पर्यटकहरूको संख्या एकदम न्युन रहेको देखिएको छ। गत मंसिर २८ गते देखि सुरू भएको उद्यमशिल मेला आगामि पुस ६ गते सम्म सञ्चालन हुने छ।

उद्यमशिल महिलाहरूको समुहले सञ्चालन गरेको दोश्रो उद्यमि मेलामा महिलाहरूको सहभागि न्युन देखिएको छ। मेलाको बिषयमा पर्याप्त प्रचार प्रसार नहुनु र स्थान पायक नपर्नु तथा ब्यवस्थापन पक्षले सुधारको पाटोलाइ नहेर्नु मुख्य कमजोरी मानिएको छ।

एक सय भन्दा बढी स्टलहरू राखिएको उक्त मेलामा अवलोकन गर्न कोहि नआएपछि स्टल सञ्चालकहरू पनि निरास बनेका छन। मेलामा जब सम्म महिलाहरूको उपस्थिती बलीयो देखिदैन तब सम्म मेला असफल भने हुन्छ सामाजिक अभियान्ता रामु पोख्रेलले बताए।

मेलामा त्यति मान्छे नै आउदैनन बिक्री बितरण पनि छैन कोहि आउछन कि भन्ने पर्खाइमा छौ चम्पा सु सेण्टरकि सञ्चालिका चम्पा नेपालले बताउनुभयो। त्यस्तै म्यादीबाट शुद्ध मह बोकेर आएका ब्यापारीहरूको पनि यस्तै गुनासो छ।

इटहरी नाम सुनेर आएको तर ब्यापार नभएको उनिहरूको गुनासो छ। मेला हेर्नै त्यति मान्छे आउदैनन ब्यापार कहाबाट हुन्छ र म्याग्दिबाट टिम्बुरको अचार बोकेर इटहरी आएका ब्यापारीहरू बताउछन।

यता बाहिर गेटमा बसेका सेक्युरिटिहरूको पनि भनाइ उस्तै छ । पहिलो दिन एक हजार सम्म आन्तरिक पर्यटकहरू मेला हेर्न आएपनि दोश्रो दिन अवस्था निराशजनक देखिएको बताउछन। यता मेला आयोजकहरू यो कुरा सहर्ष स्विकार्छन।

महिलाहरूले आयोजना गरेको महोत्सवमा महिलाहरूको उपस्थिति न्युन हुनुले अलि खल्लो महसुस भएको मेला संयोजक सुमि थापाको भनाइ छ। उनले प्रचार प्रसार राम्रै गरेपनि ठाउ नयाँ भएको कारण अवलोकन गर्न आउने पर्यटकहरूको संख्या कमि भएको बताइन।

यस्तै नेपाल उद्यमि महिला महासंघकि केन्द्रिय कोषाध्यक्ष पुण्यमाया भट्टराइको पनि भनाइ उस्तै छ। एक त महोत्सवको स्थान नौलो भइदियो त्यसमा पनि प्रचारप्रसार कमि भइदिनाले मेलामा आउने आगन्तुकहरूको संख्या कमि भएको उहाको भनाइ छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...