News Portal

महिलाहरूले लगाएको मेलामा महिलाकै उपस्थिती न्युन , तेश्रो दिन आइपुग्दा महोत्सव सुनसान

हिमाली संचार संवाददाता
४४३ पटक

तेजबहादुर बन/इटहरी : नेपालीहरूको मान पर्व बडा दशै दिपावली छैठ सकिए लगत्तै बिभिन्न सहरहरूमा मेला एवम महोत्सव लाग्न सुरू हुन्छ। प्रदेश एकका बिभिन्न जिल्लाहरू अहिले महोत्सवमय बनेको छ। त्यसो त जाडौ मौसम महोत्सवको लागि उत्तम पनि मानिन्छ।

राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड प्रस्तुती , स्थानीय स्तरमा उत्पादन भएका सामानहरूको प्रवर्दन तथा आवस्यकिय सामग्रीहरूको बिक्रि बितरणकै लागि भए पनि आन्तरीक पर्यटकहरू महोत्सव सम्म पुग्ने गर्दछन तर सुनसरीको इटहरीमा लागेको महोत्सवमा भने त्यस्तो देखिएको छैन।

नेपाल उद्यमशिल महिला महासंघ सुनसरीले इटहरीमा पहिलो पटक लगाएको उद्यमि मेला अन्तरगत तेश्रो दिन आइपुग्दा आन्तरिक पर्यटकहरूको संख्या एकदम न्युन रहेको देखिएको छ। गत मंसिर २८ गते देखि सुरू भएको उद्यमशिल मेला आगामि पुस ६ गते सम्म सञ्चालन हुने छ।

उद्यमशिल महिलाहरूको समुहले सञ्चालन गरेको दोश्रो उद्यमि मेलामा महिलाहरूको सहभागि न्युन देखिएको छ। मेलाको बिषयमा पर्याप्त प्रचार प्रसार नहुनु र स्थान पायक नपर्नु तथा ब्यवस्थापन पक्षले सुधारको पाटोलाइ नहेर्नु मुख्य कमजोरी मानिएको छ।

एक सय भन्दा बढी स्टलहरू राखिएको उक्त मेलामा अवलोकन गर्न कोहि नआएपछि स्टल सञ्चालकहरू पनि निरास बनेका छन। मेलामा जब सम्म महिलाहरूको उपस्थिती बलीयो देखिदैन तब सम्म मेला असफल भने हुन्छ सामाजिक अभियान्ता रामु पोख्रेलले बताए।

मेलामा त्यति मान्छे नै आउदैनन बिक्री बितरण पनि छैन कोहि आउछन कि भन्ने पर्खाइमा छौ चम्पा सु सेण्टरकि सञ्चालिका चम्पा नेपालले बताउनुभयो। त्यस्तै म्यादीबाट शुद्ध मह बोकेर आएका ब्यापारीहरूको पनि यस्तै गुनासो छ।

इटहरी नाम सुनेर आएको तर ब्यापार नभएको उनिहरूको गुनासो छ। मेला हेर्नै त्यति मान्छे आउदैनन ब्यापार कहाबाट हुन्छ र म्याग्दिबाट टिम्बुरको अचार बोकेर इटहरी आएका ब्यापारीहरू बताउछन।

यता बाहिर गेटमा बसेका सेक्युरिटिहरूको पनि भनाइ उस्तै छ । पहिलो दिन एक हजार सम्म आन्तरिक पर्यटकहरू मेला हेर्न आएपनि दोश्रो दिन अवस्था निराशजनक देखिएको बताउछन। यता मेला आयोजकहरू यो कुरा सहर्ष स्विकार्छन।

महिलाहरूले आयोजना गरेको महोत्सवमा महिलाहरूको उपस्थिति न्युन हुनुले अलि खल्लो महसुस भएको मेला संयोजक सुमि थापाको भनाइ छ। उनले प्रचार प्रसार राम्रै गरेपनि ठाउ नयाँ भएको कारण अवलोकन गर्न आउने पर्यटकहरूको संख्या कमि भएको बताइन।

यस्तै नेपाल उद्यमि महिला महासंघकि केन्द्रिय कोषाध्यक्ष पुण्यमाया भट्टराइको पनि भनाइ उस्तै छ। एक त महोत्सवको स्थान नौलो भइदियो त्यसमा पनि प्रचारप्रसार कमि भइदिनाले मेलामा आउने आगन्तुकहरूको संख्या कमि भएको उहाको भनाइ छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...