News Portal

युएईको अल-अहालिया एक्सचेञ्जद्वारा आकर्षक उपहार योजना सार्वजनिक

हिमाली संचार संवाददाता
५८३ पटक

आरपी ढुंगेल/युएई– युएईका उत्कृष्ट कारोबार गर्ने पाँच रेमिट्यान्स कम्पनीमध्ये एक अल अहालिया एक्सचेञ्जले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। अल अहालिया एक्सचेञ्जका कुनै पनि शाखाहरुबाट पैसा पठाउने जो कोहीले पनि अब १ किलो सुन र १० वटासम्म कारहरु पाउने भएका छन्।
डिसेम्बर १५ देखि २०२० को फेब्रुअरी १२ सम्म करिब ५९ दिनसम्म जारी रहने विन्टर प्रोमोसन २०१९-२०२० यो प्रोमोसनको नाम दिइएको छ।

यो अवधिमा अल अहालिया एक्सचेञ्जका युएईभरि रहेका ३० वटा शाखाहरुमध्ये कुनै पनि शाखाबाट पैसा पठाउदा यो भाग्यशाली योजनामा पर्न सकिने अल अहालिया एक्सचेञ्जका जिएम कमल सुब्बाले बताएका छन्। उनका अनुसार २०१८ को प्रोमोसनमा इलामका नरेन्द्र मगरले १ किलो सुन यस्तै योजनामा अल अहालिया एक्सचेञ्जबाट पाएका थिए।

अल अहालिया एक्सचेञ्जका नेपाल करिडाेर प्रमुख तथा नेपाल म्यानेजर बेनीमाधव ढकालले यो योजनामा अत्यधिक मात्रामा नेपालीहरुले विगतमा पनि पुरस्कारहरु पाएको बताउदै यो अवसरको सदुपयोग गर्न अल अहालिया एक्सचेञ्जबाट नेपालमा आइएमई र ट्रान्सफास्ट मा पैसा पठाउन आग्रह गरेका छन्।

गत वर्षमात्रै अल अहालिया एक्सचेञ्जबाट पैसा पठाउदा काठमाडौंका नवीन पाण्डेले कार पाएको ढकालले स्मरण गरे। अल अहालियाको विन्टर प्रोमोसनको पहिलो उपहार योजना १३ फेब्रुअरीमा अबुधाबीमा सार्वजनिक हुनेछ।

दोस्रो नतिजा १६ फेब्रुअरीमा अल अहालिया एक्सचेञ्जको सारजा शाखामा सार्वजनिक हुने र ग्रान्ड द्र्‍ अन्तर्गत १ केजी सुनको सार्वजनिक घोषणा अलकुज शाखामा आगामी १७ फेब्रुअरी २०२० मा हुनेछ। यो योजनामा नेपाली प्रोडक्ट आइएमई र ट्रान्सफास्टले को स्पोन्सरका रूपमा साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...