News Portal

युएईको अल-अहालिया एक्सचेञ्जद्वारा आकर्षक उपहार योजना सार्वजनिक

हिमाली संचार संवाददाता
५३८ पटक

आरपी ढुंगेल/युएई– युएईका उत्कृष्ट कारोबार गर्ने पाँच रेमिट्यान्स कम्पनीमध्ये एक अल अहालिया एक्सचेञ्जले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। अल अहालिया एक्सचेञ्जका कुनै पनि शाखाहरुबाट पैसा पठाउने जो कोहीले पनि अब १ किलो सुन र १० वटासम्म कारहरु पाउने भएका छन्।
डिसेम्बर १५ देखि २०२० को फेब्रुअरी १२ सम्म करिब ५९ दिनसम्म जारी रहने विन्टर प्रोमोसन २०१९-२०२० यो प्रोमोसनको नाम दिइएको छ।

यो अवधिमा अल अहालिया एक्सचेञ्जका युएईभरि रहेका ३० वटा शाखाहरुमध्ये कुनै पनि शाखाबाट पैसा पठाउदा यो भाग्यशाली योजनामा पर्न सकिने अल अहालिया एक्सचेञ्जका जिएम कमल सुब्बाले बताएका छन्। उनका अनुसार २०१८ को प्रोमोसनमा इलामका नरेन्द्र मगरले १ किलो सुन यस्तै योजनामा अल अहालिया एक्सचेञ्जबाट पाएका थिए।

अल अहालिया एक्सचेञ्जका नेपाल करिडाेर प्रमुख तथा नेपाल म्यानेजर बेनीमाधव ढकालले यो योजनामा अत्यधिक मात्रामा नेपालीहरुले विगतमा पनि पुरस्कारहरु पाएको बताउदै यो अवसरको सदुपयोग गर्न अल अहालिया एक्सचेञ्जबाट नेपालमा आइएमई र ट्रान्सफास्ट मा पैसा पठाउन आग्रह गरेका छन्।

गत वर्षमात्रै अल अहालिया एक्सचेञ्जबाट पैसा पठाउदा काठमाडौंका नवीन पाण्डेले कार पाएको ढकालले स्मरण गरे। अल अहालियाको विन्टर प्रोमोसनको पहिलो उपहार योजना १३ फेब्रुअरीमा अबुधाबीमा सार्वजनिक हुनेछ।

दोस्रो नतिजा १६ फेब्रुअरीमा अल अहालिया एक्सचेञ्जको सारजा शाखामा सार्वजनिक हुने र ग्रान्ड द्र्‍ अन्तर्गत १ केजी सुनको सार्वजनिक घोषणा अलकुज शाखामा आगामी १७ फेब्रुअरी २०२० मा हुनेछ। यो योजनामा नेपाली प्रोडक्ट आइएमई र ट्रान्सफास्टले को स्पोन्सरका रूपमा साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...