News Portal

  • हेर्नुहोस आज वि.सं. २०७६ साल मंसिर २८ गते शनिबार, सन् २०१९ डिसेम्बर १४ तारीखको राशीफल

    हिमाली संचार संवाददाता
    ४४५ पटक

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। खर्च हुने डरले सताउन सक्छ। सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि सम्पादित कामबाट केही धन लाभ हुनेछ। मिहिनेतले आम्दानी बढ्नेछ। तर, विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि काम गर्न सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    पछिका लागि केही वस्तु त्याग्नुपर्ला। केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    समयमा निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ। बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, लगनशीलताले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि भने कामको जग बसाउने मौका छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। परिस्थिति अनुकूल हुनाले रोकिएको काम बन्न थाल्नेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरी सुधार गर्ने मौका छ। तर लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। मानसम्मान प्राप्त भए पनि आतिथ्य भने खर्चिलो बन्नेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल हुनाले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। पुरानो सम्झौता भंग हुन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ८ गतेको राशिफल

    आज साउन ८, २०८२ (जुलाई २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए कतारको एकता अधिवेशन २५ जुलाईमा हुँदै

    दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको एकता अधिवेशन तोकिएकै मिति २५ जुलाई शुक्रबार दोहास्थित क्राउन...

    दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी चेतावनी : विप्लव

    काठमाडौं, साउन ७ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गणतन्त्रभित्र...

    गणतन्त्रमाथिको चुनौतीप्रति सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : प्रचण्ड

    काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

    विद्या भण्डारीको एमाले सदस्यता निष्क्रिय : महासचिव पोखरेलको भनाइ

    काठमाडौँ, साउन ७ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता अब...