News Portal

कोहलपुर इलाकामा डीएसपी चन्द खटिए

हिमाली संचार संवाददाता
५५७ पटक

बाँके २६, २०७६  मंसिर : प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदिप चन्दको काज सरुवा गरेको छ।

कोहलपुलमा विवादित बनेका डीएसपी हेमराज शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएपछि उनको स्थानमा चन्दलाई पठाइएको हो।

डीएसपी शाही तरुण दलका नेतालाई टेलिफोन धम्की र केही दिनअघि स्कुले विद्यार्थीमाथि दमन गरेर विवादित बनेका थिए। उनीमाथि आन्तरिक छानबिन सुरू भएको छ।

शाहीको व्यवहारको चौतर्फी आलोचना भएको थियो। प्रहरी प्रधान कार्यालयले काज सरुवामा पठाएका चन्द हाल आइजीपी सचिवालय मातहतको उजुरी शाखामा कार्यरत थिए।

त्यसअघि महानगरीय प्रहरी वृत कमलपोखरीमा कार्यरत रहँदा डीएसपी चन्द उत्कृष्ट प्रहरी वृत्तपति घोषित भएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...