News Portal

कोहलपुर इलाकामा डीएसपी चन्द खटिए

हिमाली संचार संवाददाता
५८८ पटक

बाँके २६, २०७६  मंसिर : प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदिप चन्दको काज सरुवा गरेको छ।

कोहलपुलमा विवादित बनेका डीएसपी हेमराज शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएपछि उनको स्थानमा चन्दलाई पठाइएको हो।

डीएसपी शाही तरुण दलका नेतालाई टेलिफोन धम्की र केही दिनअघि स्कुले विद्यार्थीमाथि दमन गरेर विवादित बनेका थिए। उनीमाथि आन्तरिक छानबिन सुरू भएको छ।

शाहीको व्यवहारको चौतर्फी आलोचना भएको थियो। प्रहरी प्रधान कार्यालयले काज सरुवामा पठाएका चन्द हाल आइजीपी सचिवालय मातहतको उजुरी शाखामा कार्यरत थिए।

त्यसअघि महानगरीय प्रहरी वृत कमलपोखरीमा कार्यरत रहँदा डीएसपी चन्द उत्कृष्ट प्रहरी वृत्तपति घोषित भएका थिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...