News Portal

प्याब्सन काठमाडौंको अध्यक्षमा गेन्द्र लामा चयन

हिमाली संचार संवाददाता
५५७ पटक

काठमाडौ : निजी तथा आवासीय विद्यालयहरुको संगठन काठमाडौं (प्याब्सन)मा गेन्द्र लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

काभ्रेको धुलिखेलमा भएको चौथो अधिवेशनबाट अध्यक्ष लामा सहित १५ सदस्य कार्यसमिती निर्वाचित भएका छन्।

समितिको उपाध्यक्षमा समिर बास्तोला, महासचिवमा राजन श्रेष्ठ, उप–महासचिवमा भिष्मराज ढकाल, सचिवमा दिबेस खत्री, कोषाध्यक्षमा मिन कुमार कोइराला, सह–कोषाध्यक्षमा सुदिप काफ्ले निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोज कुमार धमला, होमलक्ष्मी गुरुङ, तेन्जिङ्ग भुटिया, राजकुमार गिरी, सन्तोष लुइटेल र अनिता गिरी चयन भएका छन्।

नव निर्बाचित कार्यसमितीलाई निर्बाचान आयुक्त अधिबक्ता सिपी आचार्यले सपथ ग्रहण गरेका थिए।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लामाले मन्तव्य राख्दै चौथो अधिबेशनबाट म र मेरो टिमलाई बिस्वास गरि निर्बिबाद कार्यसमिति चयन गर्न सहयोग गरेकोमामा निबर्तमान कार्यबाहक अध्यक्ष, सस्थापक अध्यक्ष , पुर्व अध्यक्षहरु, सल्लाहकारहरु लगायत बिधालयका सम्पुर्ण प्रतिनिधिहरुलाइ धन्यवाद ब्यक्त गर्दै आफुलाइ दिइएको जिम्मेवारीलाई इमान्दारिता र लगनशिलताका साथ निजी विद्यालयहरुको मर्म र भावना अनुरुप काम गर्ने, प्याब्सकको एकता, भातृत्व, भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउदै प्याब्सकलाई सबल र आर्थिक रुपमा समृद्ध प्याब्सक बनाउने प्रतिवद्धता जनाए।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...