News Portal

  • कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक

    हिमाली संचार संवाददाता
    ६१९ पटक

    इनरुवा : अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ ।

    आरक्षमा आव २०७४’/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कुल २१ हजार ७९९ पर्यटकले आरक्ष अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो ।

    गत वर्षको साउनमा ११३, भदौमा ३८९, असोजमा ६२४, कात्तिकमा एक हजार ८९५, मङ्सिरमा एक हजार ५६८, पुसमा दुई हजार ४५५, माघमा एक हजार ८१२, फागुनमा दुई हजार ४०७, चैतमा एक हजार ७९०, वैशाखमा तीन हजार ६६१, जेठमा एक हजार ६७४ र असारमा दुई हजार ४८४ पर्यटक आरक्षमा आएको संरक्षण अधिकृत साहले जानकारी दिनुभयो ।

    आरक्षमा सबैभन्दा कम साउन महिनामा पर्यटक आएका छन् भने सबैभन्दा बढी बैशाखमा पर्यटक आएका छन् । अर्ना र चराचुरुङ्गीको अवलोकनका लागि आरक्षमा पर्यटक आउने गर्छन् ।

    आरक्षमा आएका पर्यटकहरुबाट रु २३ लाख ५४ हजार ३१० राजश्व संकलन भएको पनि आरक्षले जनाएको छ ।

    माछा मार्नका लागि अनुमति

    कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोशी नदी र सीमसार क्षेत्रमा माछा मार्नका लागि अनुमति दिएको छ ।

    तीन महिनादेखि सप्तकोशी नदी र सीमसार क्षेत्रमा बन्द गरेको माछा मार्ने कार्य खुल्ला गरेको आरक्षका संरक्षण अधिकृत साहले जानकारी दिनुभयो ।

    कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय पश्चिमकुशाहाले सप्तकोशी नदीको कोशी ब्यारेजदेखि चतरासम्म र सीमसार क्षेत्रमा माछा मार्नका लागि अनुमति दिएको हो ।

    जेठ, असार र साउन तीन महिना माछाको प्रजनन अवधि भएको भन्दै माछा मार्नका लागि आरक्षले निषेध गरिएको थियो ।

    सप्तकोशी नदी र सीमसार क्षेत्रमा माछा मार्नका लागि अनुमति दिएसँगै आरक्षमा अनुमति लिनेहरुको भीड लागेको संरक्षण अधिकृत साहले जानकारी दिनुभयो । रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १८ गतेको राशिफल

    आज साउन १८, २०८२ (अगस्त ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन १७ गतेको राशिफल

    आज साउन १७, २०८२ (अगस्त २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गरिब परिवारको दुखमा केही राहत वितरण गरियो

    रबिन्द्र बराल/ मोरङ, साउन १६ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अइलानी जग्गामा...

    लिरिका क्याप्सुल भएको ढुवानी तस्करी गर्ने प्रयास असफल

    कुवेत, साउन १६  — कुवेत भन्सारले लागूऔषध नियन्त्रण सामान्य विभागसँगको सहकार्यमा २७१,४०० लिरिका क्याप्सुल समेटिएको...

    सिन्धुलीमा सालको रुख ढल्दा दुई बालबालिकाको ज्यान गयो, तीन घाइते

    सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो भयावह दुर्घटना भयो। एकसाथ वर्षा...