News Portal

कविता ~ नेताज्यू !

हिमाली संचार संवाददाता
१५७७ पटक

– तपिकुमार सिंह ठकुरी

तिमीलाई के थाह छ र हौ
ओ नेता ज्यू अचानोको पिड्डा
बस् थेच्ने गर निरन्तर थेच्ने गर !
देश त बनायौ पेवा झै भयो तिम्रो
भंगार सरी कवाडीमा बेच्ने गर !!
हिजो तेहि थालमा खाना खायौ
मन लागी यही थालमा चुठ्ने गर !
तातो रक्त बेच्दैछौ तन्नेरी हामी
मन लागी अझै देस लुट्ने गर !!
बनाउ बहाना लुटतन्त्रको नयाँ नयाँ
गिद्दलेझै सिनो देश लुछदै गर !
मेटिएको छैन दसबर्से घाउ आलै छ
अझै गरिबको रक्तले मुख पुछदै गर !!
बेचिदियौ तातो रक्त बिदेसमा
तेहि हाम्रो तक्तमा मोज गर्दै छौ !
रित्ता बनाउदै हामीलाई उल्टै
तेहि हाम्रै रक्त मा मोज गर्दैछौ !!
अया भन्दैनौ हामी तिमिलाई के थाहा
मरुभूमिको रापिलो घुपमा !
बस् तीमी त सयर गर्दै छौ मोजमा
गरिबको घोडा चढेर घुम्दै सुखमा !!
अया तब गर्थ्यौ हौला तिम्रा कोही
खाडी, इराक, अफगानबाट आउँथे
चीर निदमा सन्दुकमा सुतेर !
हेर्थ्यौ होला भक्कानिदै तब
सुख सयलबाट जुरुक्क उठेर !!

– सुर्खेत, सिम्ता गाउँपालीका – ४ पिल्क (हाल:भारत) 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...