आज : २०२६-०६-२४, बुधबार

गजल – अमर खडका 

यी शासकहरुले श्रीपेच फाले पनि सत्ता फाले पनि
देशले मुक्ति पाउदैन छोरा, भन्थे मेरा बाले पनि

उसले पत्थर उठाएकै निहुँ मा जेल जानु परेको हो
कानुन लाग्दैन बलीयालाई बन्दुक उचाले पनि

श्रीमती पाए पछि उसले आमा बिर्सियो,भोक बिर्सियो
पाल्न त अैँचो-पैँचो गरेरै पालेकी हुन आमाले पनि

जाबो एउटा घर सम्म चलाउन सक्दैनौ यार तिमी
देश चलाईरहेका छन यहाँ खेतालाले पनि

नदीले बगरमा छोडेपछि म उसैको बन्न पाऊँ
जसले मलाई मार्नकै लागि नदीमा खसाले पनि।।

अमर खडका/हाल : कुबेत।