News Portal

गजल – अमर खडका 

हिमाली संचार संवाददाता
८८३ पटक

यी शासकहरुले श्रीपेच फाले पनि सत्ता फाले पनि
देशले मुक्ति पाउदैन छोरा, भन्थे मेरा बाले पनि

उसले पत्थर उठाएकै निहुँ मा जेल जानु परेको हो
कानुन लाग्दैन बलीयालाई बन्दुक उचाले पनि

श्रीमती पाए पछि उसले आमा बिर्सियो,भोक बिर्सियो
पाल्न त अैँचो-पैँचो गरेरै पालेकी हुन आमाले पनि

जाबो एउटा घर सम्म चलाउन सक्दैनौ यार तिमी
देश चलाईरहेका छन यहाँ खेतालाले पनि

नदीले बगरमा छोडेपछि म उसैको बन्न पाऊँ
जसले मलाई मार्नकै लागि नदीमा खसाले पनि।।

अमर खडका/हाल : कुबेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...