News Portal

  • विल्डिङ लेवरको काममा यूएई जाँदा म्यानपावरलाई १ लाख २५ हजार !

    हिमाली संचार संवाददाता
    ५६८ पटक

    काठमाडौं २३, २०७६ मंसिर : संयुक्त अरब इमिरेट्स (यूएई)मा वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम असुल गरेको भेटिएको छ। विभागले प्रति व्यक्ति १ लाख २५ हजारका दरले रकम बुझ्दाबुझ्दै आइतबार रंगेहात रकम बरामद गरेको छ।

    उजुरी एवम सूचनाको आधारमा विभागको टोलीले आइतवार काठमाडौं सिनामंगलस्थित रसुवा ओभरसिजमा छापा मारी दुई जना कामदारसँग रकम वुझिसकेको अवस्थामा रंगेहात फेलापारी नगद रकम वरामद गरिएको हो।

    दुवईको तमायाज इम्प्लोयमेन्ट सर्भिसमा ‘विल्डिङ लेवर’को पदमा मासिक ८०० दिराम (२४ हजार रुपैयाँ) तलव पाउने कामको लागि आफूहरुसँग प्रति व्यक्ति एक लाख २५ हजार माग गरिरहेको भन्दै सुरेन्द्र राना मगर, वालकृष्ण गरञ्जा मगर, समिर गरञ्जा मगर, सन्तवहादुर गरञ्जा मगर र योग वहादुर गरुम्छानले विभागमा तोकिएको सेवा शुल्कमा विदेश जान पाउँ भनी उजुरी दर्ता गराएका थिए।

    उजुरी प्राप्त भएपछि विभागले आकस्मिक अनुगमन टोली खटाएको थियो। विभागको टोली म्यानपावर कार्यलयमा पुग्दा रकम लिनको लागि मतियारको रुपमा खटाएका जितवहादुर वमजनले योग वहादुर गरुम्छानवाट ७० हजार र सन्त वहादुर गरञ्जा मगरवाट एक लाख दस हजार बुझिसकेको र वाँकी तीन जनासँग रकम बुझ्ने तरखरमा रहेको वेला छापा मारी नगद रकमसहित रंगेहात फेला पारेको हो।

    अन्य तीन जनासँग यस भन्दा अघिनै जितवहादुर वमजनले नगदै पैतीस हजार वुझिसकेका थिए। वाँकी रकम वुझाउनको लागि आइतवार म्यानपावर कार्यलय बोलाएका थिए।

    रकम लिनको लागि जितवहादुर वमजनलाई खटाएको सञ्चालक सुवर्ण लामाले स्वीकार गरेका छन्। ५ जनामध्ये ४ जनाको श्रम स्वीकृति निक्लिसकेको अवस्थामा म्यानपावरले आफूले भनेजतिको रकम नदिएको कारण उनीहरुलाई हवाइ टिकट उपलव्ध नगराएको टोलीले फेला पारेको छ।

    विभागको टोलीले पाँचै जना कामदारलाई नेपाल सरकारले तोकेको सेवा शुल्कमा वैदेशिक रोजगारमा पठाउने र नगदै लिएको वढी रकम कामदारलाई फिर्ता दिने गरी संस्थालाई कागज गराएको छ।

    पाँचै जनालाई वुधवारको टिकट म्यानपावरले उपलव्ध गराएको छ। थप अनुसन्धानको लागि रकम बुझ्ने जितमान र म्यानपावर सञ्चालकलाई मंगलवार विभागमा उपस्थित हुन पत्र काटिएको विभागमा महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।

    सरकारले यूएईमा टिकट र भिषा शुल्क समेत निशुल्क हुनेगरी सरकारले श्रम सम्झौता गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...