News Portal

उच्च अदालत वार एशोसिएशन पोखरामा काँग्रेस निकट कानुन व्यवसायीहरु सबै पदमा विजयी

हिमाली संचार संवाददाता
६४९ पटक

कास्की – उच्च अदालत वार एशोसिएशन पोखरामा काँग्रेस निकट कानुन व्यवसायीहरुको संस्था डेमोक्रेटीक लयर्स एशोसियसन डीएलएका सबै उमेद्वार विजयी भएका छन्।

शनिवार सम्पन्न भएको निर्वाचनबाट लोकतन्त्रबादी कानुन व्यवसायी समुह डीएलएका अध्यक्षको उम्मेदवार रोहित बास्तोलाको प्यानल नै विजयी भएको हो।

अध्यक्षमा बास्तोलाले २ सय ४१ मत पाए । पेसागत प्रगतिशील संयुक्त प्यानलका अध्यक्ष उम्मेदवार जनकल्याण पराजुलीले १ सय ३५ मत ल्याए ।

निर्वाचन संयोजक मुकुन्दराज अर्यालका अनुसार बिहान ८ बजे सुरु भएको मतदान ४ बजे सकिएको थियो । परिणाम साँझ ८ बजे ४ सय १८ मतदाता रहेकोमा ३ सय ८९ मत खसेको थियो ।

विजयी हुनेमा उपाध्यक्षमा उत्तम केसी २२६, सचिवमा विनोद रेग्मी २५१, सहसचिवमा मीनाकुमारी रानाभाट २२६, कोषाध्यक्षमा माधवी पाण्डे २४५ छन् । सदस्यमा दुर्गा कोइराला २४५, लेखनाथ सापकोटा २२९, हरिबहादुर भुजेल २२७, सन्तोषमणि लामिछाने २१९, दीपेन्द्र अर्याल २२४, ईश्वर चिलुवाल २४०, गीताकुमारी लामिछाने २४२ र हेमराज बराल २४१ विजयी भए ।

पेसागत प्रगतिशील संयुक्त प्यानलबाट उपाध्यक्षमा भुवन पराजुली काफ्ले, सचिवमा धनबहादुर रानाभाट, सहसचिवमा निर्मला सुवेदी र कोषाध्यक्षमा कल्पना भण्डारीले उम्मेदवारी दिएका थिए । उक्त प्यानलबाट सदस्यमा डिपी अधिकारी, डिल्लीराम अधिकारी, दीपक शर्मा पौडेल, गेज शर्मा, जीवनाथ शर्मा, तीलकप्रसाद कोइराला, सुष्मा पौडेल र मात्रिका लामिछानेले उम्मेदवारी दिएका थिए ।

अध्यक्षमा विजयी रोहितराज बास्तोलाले अब आफूहरु स्वतन्त्र न्यायपालिकामाथि सरकारको हस्तक्षेप रोक्न  सशक्त रुपमा जुट्ने प्रतिबद्धता जनाए । उनले भने,‘यसका विरुद्ध मेरो नेतृत्वको टिमले प्रदेशबाट कडा आवाज उठाउँछ ।’

भदौ १ बाट लागु भएको नयाँ संहिता न्यायालय र कानुन व्यवसायिका लागि ठूलो चुनौतीको विषय बनेको उनले बताए । नवप्रवेशी कानुन व्यवसायीलाई समेत व्यवहारिक तालिम दिनुको साथै बार र बेञ्चको सम्बन्ध अझ सुमधुर बनाउने प्रतिबद्धता उनले जनाए।

प्रदेश नम्वर ४ को पेशागत संस्थामा काँग्रेस निकट कानुन व्यवसायीहरुको यो जीतलाई काँग्रेस वृत्तमा महत्वका साथ हेरिएको छ। हाम्राकुराबाट

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...