News Portal

सिडियो नै घुसखोरीको नाईके भएपछि कालोमोसो दलेर धपाउने चेतावनी

हिमाली संचार संवाददाता
७४४ पटक

काठमाडौं २१, २०७६ मंसिर : दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल विरुद्ध कांग्रेसको भातृसंस्था तरुण दलले प्रर्दशन गरेको छ।

१ लाख २५ हजार घुस प्रकरणमा मुछिएका रिजालबिरुद्ध तरुणदल दोलखाले चरिकोटमा विरोध जुलुस निकालेको हो। भ्रष्टाचारी सिडिओ जिल्ला छोड भन्दै तरुण दलले नारा जुलुस गर्दै चरिकोट बजार परिक्रमा गरेको छ।

नाराजुलुसपछि सातदोबाटो चोकमा आयोजित कोणसभामा बोल्दै तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले सिडिओले २४ घण्टा भित्र जिल्ला नछोडे कालोमोसो दलेर धपाउने चेतावनी दिएका छन्।

अध्यक्ष शेर्पाले जिल्लाको मुख्य प्रसाशक नै घुसखोरीको नाईके भएपछि अन्य निकाय पनि अछुतो नरहेको भन्दै त्यसउपर पनि छानविन गर्न माग गरे। उनले भ्रष्टाचार गरेको प्रमाणित हुँदा पनि गृह मन्त्रालय निकम्मा भएर बसेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

सार्वजनिक कसुरका मुद्दामा संलग्न दोलखाका ३ जना अभियुक्तहरुबाट प्रजिअ रिजालले छुट्टाछुट्टै १ लाख २५ हजार रकम लिएर पछि उनीहरुलाई नै फिर्ता गरेका थिए। उनले १० हजारको रसिद काटेर १ लाख र १४ हजारको रसिद काटेर ५० हजार बुझेका थिए।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...