News Portal

  • सिडियो नै घुसखोरीको नाईके भएपछि कालोमोसो दलेर धपाउने चेतावनी

    हिमाली संचार संवाददाता
    ६४८ पटक

    काठमाडौं २१, २०७६ मंसिर : दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल विरुद्ध कांग्रेसको भातृसंस्था तरुण दलले प्रर्दशन गरेको छ।

    १ लाख २५ हजार घुस प्रकरणमा मुछिएका रिजालबिरुद्ध तरुणदल दोलखाले चरिकोटमा विरोध जुलुस निकालेको हो। भ्रष्टाचारी सिडिओ जिल्ला छोड भन्दै तरुण दलले नारा जुलुस गर्दै चरिकोट बजार परिक्रमा गरेको छ।

    नाराजुलुसपछि सातदोबाटो चोकमा आयोजित कोणसभामा बोल्दै तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले सिडिओले २४ घण्टा भित्र जिल्ला नछोडे कालोमोसो दलेर धपाउने चेतावनी दिएका छन्।

    अध्यक्ष शेर्पाले जिल्लाको मुख्य प्रसाशक नै घुसखोरीको नाईके भएपछि अन्य निकाय पनि अछुतो नरहेको भन्दै त्यसउपर पनि छानविन गर्न माग गरे। उनले भ्रष्टाचार गरेको प्रमाणित हुँदा पनि गृह मन्त्रालय निकम्मा भएर बसेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

    सार्वजनिक कसुरका मुद्दामा संलग्न दोलखाका ३ जना अभियुक्तहरुबाट प्रजिअ रिजालले छुट्टाछुट्टै १ लाख २५ हजार रकम लिएर पछि उनीहरुलाई नै फिर्ता गरेका थिए। उनले १० हजारको रसिद काटेर १ लाख र १४ हजारको रसिद काटेर ५० हजार बुझेका थिए।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    एनआरएनएका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

    वासिङ्टन डीसी। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेशकुमार श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा राजदूत लोक दर्शन...

    आज २०८२ साल असार ७ गतेको राशिफल

    आज असार ७, २०८२ (जुन २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...