News Portal

सप्तरीमा आतंक मच्चाउने बाँदर समात्न सेना नै आउनुपर्‍यो

हिमाली संचार संवाददाता
९३० पटक

सप्तरी – सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको केन्द्रमा आतंक मच्चाउने एक बाँदरलाई नियन्त्रणमा लिन नेपाली सेनाकै सहयोग लिनुपर्‍यो । यहाँसम्म कि यो बाँदरलाई नियन्त्रणमा लिन पछिल्लो तीन दिन यता प्रयास गरिदैं आएको थियो ।

नेपाली सेनाको टोली आएपछि आतंक मच्चाउने बाँदरलाई शनिबार नियन्त्रणमा लिइएको छ । बाँदर आतंकबाट सर्वसाधारणसँगै प्रहरी समेत पीडित बनेपछि तीन दिनदेखि यो बाँदरलाई नियन्त्रणमा लिने प्रयास प्रहरीले गरेको थियो ।

बाँदरले पछिल्लो एक साता यता गरेको आक्रमणबाट एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । आतंक मच्चाउने बाँदरलाई नियन्त्रणमा लिन खोज्दा एक जना प्रहरी जवान समत घाइते भएका छन् ।

बाँदरको आक्रमणबाट हनुमाननगर कंकालनी नगरपालिका ७ हनुमाननगर निवासी सुर्यनारायण दासकी पत्नी आशादेवी, डम्बर दास र अर्की ५० बर्षीया महिला घाइते भएकी छन् ।

आशाको कान र टाउकोमा बाँदरले टोकेर घाइते बनाएका छन् भने डम्बरको टाउको र नाम खुल्न नसकेकी ५० बर्षिया महिलाको टाउको र हातमा टोकेर बाँदरले घाइते बनाएका हुन् ।

बाँदरलाई नियन्त्रणमा लिन जालमा फसाउँन पुगेका प्रहरी टोलीमाथि समेत उक्त बाँदरले आक्रमण गरेका छन् । बिहीबार राति गएको टोलीमाथि बाँदरले आक्रमण गर्दा प्रहरी जवान बलराम यादव घाइते भएका थिए ।

स्थानीयहरुका अनुसार हनुमाननगर कंकालनी नगरपालिकाको योगिनियाँका अमर दास भन्ने व्यक्ति एक बर्षअघि भारतमा तिर्थ यात्रा गर्न जाँदा उक्त बाँदरलाई ल्याएका थिए । केहि दिन आफ्नै घरमा राखे पनि पछि बाँदर भागेको थियो । सोही बाँदर हनुमाननगरमा आतंक मच्चाइरहेका थियो ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...