News Portal

सप्तरीमा आतंक मच्चाउने बाँदर समात्न सेना नै आउनुपर्‍यो

हिमाली संचार संवाददाता
९८४ पटक

सप्तरी – सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको केन्द्रमा आतंक मच्चाउने एक बाँदरलाई नियन्त्रणमा लिन नेपाली सेनाकै सहयोग लिनुपर्‍यो । यहाँसम्म कि यो बाँदरलाई नियन्त्रणमा लिन पछिल्लो तीन दिन यता प्रयास गरिदैं आएको थियो ।

नेपाली सेनाको टोली आएपछि आतंक मच्चाउने बाँदरलाई शनिबार नियन्त्रणमा लिइएको छ । बाँदर आतंकबाट सर्वसाधारणसँगै प्रहरी समेत पीडित बनेपछि तीन दिनदेखि यो बाँदरलाई नियन्त्रणमा लिने प्रयास प्रहरीले गरेको थियो ।

बाँदरले पछिल्लो एक साता यता गरेको आक्रमणबाट एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । आतंक मच्चाउने बाँदरलाई नियन्त्रणमा लिन खोज्दा एक जना प्रहरी जवान समत घाइते भएका छन् ।

बाँदरको आक्रमणबाट हनुमाननगर कंकालनी नगरपालिका ७ हनुमाननगर निवासी सुर्यनारायण दासकी पत्नी आशादेवी, डम्बर दास र अर्की ५० बर्षीया महिला घाइते भएकी छन् ।

आशाको कान र टाउकोमा बाँदरले टोकेर घाइते बनाएका छन् भने डम्बरको टाउको र नाम खुल्न नसकेकी ५० बर्षिया महिलाको टाउको र हातमा टोकेर बाँदरले घाइते बनाएका हुन् ।

बाँदरलाई नियन्त्रणमा लिन जालमा फसाउँन पुगेका प्रहरी टोलीमाथि समेत उक्त बाँदरले आक्रमण गरेका छन् । बिहीबार राति गएको टोलीमाथि बाँदरले आक्रमण गर्दा प्रहरी जवान बलराम यादव घाइते भएका थिए ।

स्थानीयहरुका अनुसार हनुमाननगर कंकालनी नगरपालिकाको योगिनियाँका अमर दास भन्ने व्यक्ति एक बर्षअघि भारतमा तिर्थ यात्रा गर्न जाँदा उक्त बाँदरलाई ल्याएका थिए । केहि दिन आफ्नै घरमा राखे पनि पछि बाँदर भागेको थियो । सोही बाँदर हनुमाननगरमा आतंक मच्चाइरहेका थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...