News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • ब्रिटिश बोर्डिङ्ग स्कुलप्रकरण : घटनाप्रति मानवअधिकारवादी संघसंस्थाको चासो

    हिमाली संचार संवाददाता
    ४६९ पटक

    बाँके १०, २०७६ मंसिर : नेपालगन्ज उपमहानगरपालिका–१९, बसपार्क पछाडि रहेको ब्रिटिस इङ्गलिस बोर्डिङ्ग स्कुलमा अध्ययनरत ४ वर्षीया बालिका सफलता बजगाई विद्यालय समयभित्र शौचालयमा थुनिएर बेहोस भएको घटनाप्रति मानवअधिकारवादी तथा बालअधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

    राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाँई, उच्च अदालत बार एशोसियसन नेपालगन्ज अध्यक्ष विकास आचार्य, सिविन नेपालगन्ज प्रमुख सिद्धराज पनेरु, इन्सेक प्रदेश ५ का संयोजक भोला महतले सोमबार प्रेस विज्ञप्ती प्रकाशित गरी विद्यालयमा बालिका बेहोश घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

    विद्यालयभित्र नाबालिका छात्रा लामो समयसम्म शौचालयमा बन्द भई बेहोश हुनु ब्रिटिस इङ्गलिस बोर्डिङ्ग स्कुलको चरम लापरवाही भएको मानवअधिकारवादी संघसंस्थाले बताएका छन्। ‘शौचालयमा बालिका बेहोस भएको पत्रपत्रिकामा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तीमा भनिएको छ।

    ‘विद्यालय सञ्चालन समयमा विद्यालय हाताभित्रै नाबालक छात्रा लामो समयसम्म शौचालयमा बन्द हुँदासमेत विद्यालय प्रशासनले समयमा नै ध्यान नदिई चरम लापरवाही गरेको घटनाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौं,’ विज्ञप्तीमा भनिएको छ। यहि मंसिर ६ गते ४ बर्षिया बालिका बजगाई नेपालगन्ज बसपार्क नजिकै रहेको ब्रिटिस इङ्गलिस बोर्डिङ स्कुलको शौचालयमा थुनिएर बेहोस भएकी थिइन्।

    ब्रिटिश बोर्डिङ्ग स्कुल : शिक्षकहरु पिकनिकमा मस्त, विद्यार्थी ४ घण्टा शौचालयभित्र थुनिएर बेहोस् !

    राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, उच्च अदालत बार, सिविन नेपालले विद्यालयको भौतिक संरचनाहरु बालमैत्री नहुँदाको परिणामका रुपमा पनि बालिका बेहोसको घटनालाई लिएको बताएका छन्। विद्यालयले केही नगरेपछि बालिकाका अभिभावक आएर उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना गरेका थिए।

    मानवअधिकारवादी संघसंस्थाले निकालेको विज्ञप्तीमा अस्पतालमा उपचाररत बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। विज्ञप्तीमा उल्लेख छ, ‘विद्यालय व्यवस्थापनलाई घटनाको जिम्मेवारी लिदैं बालिकाको उपचारको व्यवस्था गर्न समेत हामी आग्रह गर्दछौं।

    विज्ञप्तीमा विद्यालयहरुमा शारिरीक तथा मानसिक दण्ड दिएका घटनाका सन्र्दभमा पटक–पटक सम्बन्धीत स्थानीय तह र सरोकारवालाको ध्यानाकर्षण गराइरहँदा पनि यस्ता किसिमका घटना भइरहनुले सबैलाई चिन्तित बनाएको उल्लेख गरिएको छ।

    ‘अतः विद्यालयमा बालबालिका विरुद्ध हुने कुनैपनि प्रकारका हिंसा, दुव्र्यवहार बालअधिकारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानून तथा सन्धि महासन्धिको विरुद्धमा हुने भएकाले नियमन गर्ने निकायहरु समेतलाई बालअधिकारको संरक्षण र प्रवर्धनका लागि गम्भीर हुन हामी आह्वान गर्दछौं,’ विज्ञप्तीमा लेखिएको छ।

    बालिका बेहोस भएको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोग, सम्पर्क कार्यालय नेपालगन्जले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त घटनामा सत्यतथ्य बुझेर दोषीमाथि कारबाहीका लागि सम्बन्धीत निकायमा सिफारिस गर्ने तयारी गरेको आयोगका नेपलागन्ज प्रमुख चन्द्रकान्त चापागाँईले बताए।

    उक्त विद्यालयमा विद्यार्थी र शिक्षकहरु महेन्द्र पार्कमा पिकनिक खान जाँदा सोही विद्यालयमा अध्यनरत ४ वर्षिया बालिका सफलता बजगाई विद्यालय हाताभित्र रहेको विद्यालयकै शौचालयमा करिब थुनिएर बेहोस भएकी थिइन्। शौचालयबाट अर्धचेत अवस्थामा उद्दार गरिएकी बालिका बजगाईको तत्कालिन अवस्था चिन्ताजनक देखिएको आयोगको ठहर छ।

    विद्यालय प्रशासन र कर्मचारीको चरम लापरबाहीका कारण बजगाईजस्ता थुप्रै बालबालिकाले आगामी दिनमा पनि यस्तै नियत भोग्न नपरोस् भन्दै उक्त घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले जिल्लास्थित प्याब्सन, शिक्षा कार्यालय लगायत सम्बन्धीत निकायसँग जोडदार माग गरेको छ।

    बिज्ञप्ती यस्तो छ:

    प्रतिकृया दिनुहोस्

    महँगो हुँदै सुनचाँदी: आजको नयाँ दर कति?

    काठमाडौं, जेठ ७ – देशभरका सुनचाँदी कारोबारीहरूका लागि आजको दिन चकित बनाउने खालको रह्यो। मंगलबारसम्म...

    रतुवामाईको लक्ष्मी आधारभूत विद्यालयमा कार्यालय सहयोगी पदमा नातागोता नियुक्त गरिएको आरोप

    मोरङ, जेठ ७ – रतुवामाई नगरपालिका–४ स्थित २०१४ सालमा स्थापना भएको श्री लक्ष्मी आधारभूत विद्यालय,...

    आजको राशिफल

    आज जेठ ७, २०८२ (मे २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत

    टोकियो, जेठ ६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए) का...

    शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ, पीडित युवतीको पहिचान सार्वजनिक गरेको अभियोग

    बुटवल, जेठ ६ – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी मंगलबार प्रहरीको फन्दामा परेका छन्।...