सोल १८, २०१९ नोभेम्बर : अमेरिकासँग आणविक निशस्त्रीकरण वार्ता सम्पन्न भइनसक्दै उत्तर कोरियाले सैन्य अभ्यास र हतियार प्रदर्शन गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना सेनालाई सुदृढ गर्ने भन्दै प्यारासुट सैन्य अभ्यास गराएका छन्। नेता किमले सैन्य अभ्यासको अवलोकन गरे।
अमेरिका र दक्षिण कोरियाले कुटनीतिक वार्ता जारी राख्दा उत्तर कोरियाले दबाव स्वरुप सैन्य अभ्यास गरेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किमलाई सम्बोधन गर्दै ट्वीट गरेकै दिन किमले सैन्य अभ्यासका तस्बिर सार्वजनिक गरेका हुन्। ट्रम्पले नेता किमलाई ‘चाँडै भेटौँला’ भन्दै ट्वीट गरेका थिए। एजेन्सी