News Portal

सोह्र वर्षसम्म शिक्षण गरेका प्रअ बुढालाई भब्य बिदाइ

हिमाली संचार संवाददाता
३९६ पटक

इन्द्र बुढाथोकी
सल्यान ३०, २०७६ कार्तिक : अमर प्राथमिक विद्यालयमा बनगाड कुपिण्डे नगरपालिका वडा न ४ काफलपानीका १६ वर्षमा शिक्षण पेशामा अध्यापनरत शिक्षक तथा स्कुलका प्रधानाध्यापक झलक बहादुर बुढालाई विदाइ गरेका छन।

२०६० साल देखि २ वर्ष निजि हुँदै २०६२ सालमा राहत दरबन्दी हुदै १४ वर्षसम्म शिक्षण पेशामा रहेका बुढालाई शनिबार एक कार्यक्रमका बीच अभिभावकहरुले बिदाइ गरेका छन।

१६ वर्षसम्म शिक्षक तथा प्रधानाध्यापक रहेर काम गरेका शिक्षक बुढाले सल्यान जिल्लाबाट १ नम्बरमा प्राथमिक तहको स्थायी पदमा नाम निकालि अनेत्र विद्यालयमा पोस्टिङ् हुने भएपछि अभिभावकले बिदाइ गरेका हुन।

बिदाइ कार्यक्रममा अभिभावकले आफुहरुले यस्तो मेहेनती, लगनशील, इमानदारी, पेशाप्रती जिम्मेवार शिक्षक अब नपाउने बताएका छन। मेहनती शिक्षकका कारण आफ्ना छोराछोरीले सधै अन्य ठाउँमा गएर राम्रो स्थान हासिल गर्दा सधै सरलाइ सम्झिने गरेको अभिभावकहरुले बताएका छन।

बिदाइ कार्यक्रम अभिभावक भाबुक हुँदै शिक्षक बुढाले आफ्न छोराछोरीहरुलाइ दिएको शिक्षा कहिले नबिर्सने समेत बताएका छन। बिदाइ हुने शिक्षक झलक बहादुर बुढाले आफू अब अन्य विद्यालयमा गए पनि यस ठाउलाइ सधै सम्झीरहने बताएका छन्।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, जनप्रतिनिधि,स्थानीय बुद्धिजीवी समाजसेवी, अभिभावकले विद्यार्थी लगाएतले बिदाइ गरेका थिए।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...