News Portal

  • सोह्र वर्षसम्म शिक्षण गरेका प्रअ बुढालाई भब्य बिदाइ

    हिमाली संचार संवाददाता
    ३१५ पटक

    इन्द्र बुढाथोकी
    सल्यान ३०, २०७६ कार्तिक : अमर प्राथमिक विद्यालयमा बनगाड कुपिण्डे नगरपालिका वडा न ४ काफलपानीका १६ वर्षमा शिक्षण पेशामा अध्यापनरत शिक्षक तथा स्कुलका प्रधानाध्यापक झलक बहादुर बुढालाई विदाइ गरेका छन।

    २०६० साल देखि २ वर्ष निजि हुँदै २०६२ सालमा राहत दरबन्दी हुदै १४ वर्षसम्म शिक्षण पेशामा रहेका बुढालाई शनिबार एक कार्यक्रमका बीच अभिभावकहरुले बिदाइ गरेका छन।

    १६ वर्षसम्म शिक्षक तथा प्रधानाध्यापक रहेर काम गरेका शिक्षक बुढाले सल्यान जिल्लाबाट १ नम्बरमा प्राथमिक तहको स्थायी पदमा नाम निकालि अनेत्र विद्यालयमा पोस्टिङ् हुने भएपछि अभिभावकले बिदाइ गरेका हुन।

    बिदाइ कार्यक्रममा अभिभावकले आफुहरुले यस्तो मेहेनती, लगनशील, इमानदारी, पेशाप्रती जिम्मेवार शिक्षक अब नपाउने बताएका छन। मेहनती शिक्षकका कारण आफ्ना छोराछोरीले सधै अन्य ठाउँमा गएर राम्रो स्थान हासिल गर्दा सधै सरलाइ सम्झिने गरेको अभिभावकहरुले बताएका छन।

    बिदाइ कार्यक्रम अभिभावक भाबुक हुँदै शिक्षक बुढाले आफ्न छोराछोरीहरुलाइ दिएको शिक्षा कहिले नबिर्सने समेत बताएका छन। बिदाइ हुने शिक्षक झलक बहादुर बुढाले आफू अब अन्य विद्यालयमा गए पनि यस ठाउलाइ सधै सम्झीरहने बताएका छन्।

    कार्यक्रम विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, जनप्रतिनिधि,स्थानीय बुद्धिजीवी समाजसेवी, अभिभावकले विद्यार्थी लगाएतले बिदाइ गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...